Day: ११ भाद्र २०८३, बिहीबार १८:२८

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिम

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिम

बेइजिङ, भदौ ११- चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठुलो ‘ताल’ बनेको जानकारी दिएको छ । बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ । यो समाचार चीनको ग्लोबल टाइम्समा प्रकाशित भएको हो । आगामी तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने अपेक्षा गरिएको छ, जसले गर्दा यो ताल फुट्ने उच्च जोखिम रहेको ‘चाइना सेन्ट्रल टेलिभिजन’ले बिहीबार उल्लेख गरेको छ । समाचारमा मन्त्रालयले यस तालको विकासक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख छ । सम्भावित फुटाइ र आपत्कालीन उद्धार कार्यको…
Read More
रसुवा बाढी : आठ जिल्लामा भेटियो २८९ जनाको शव

रसुवा बाढी : आठ जिल्लामा भेटियो २८९ जनाको शव

काठमाडौं, भदौ ११- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २८९ जनाको शव फेला परेको छ। दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।
Read More
चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ (चितवन), भदौ ११- त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान तथा व्यवस्थापनका लागि चितवनमा आवश्यक तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको आकस्मिक बैठकले शव सुरक्षित राख्ने, खोजतलास गर्ने, पहिचान गर्ने तथा सम्बन्धित परिवारलाई बुझाउनेलगायत विषयमा विभिन्न निर्णय गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग परिसरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गरिने जानकारी दिनुभयो । अर्यालले भन्नुभयो, “यहाँका अस्पतालमा पनि शव आउने र अस्पतालमा पर्याप्त स्थान नभएकोले व्यवस्थापनका लागि यो स्थान तय गरिएको हो ” उहाँले भोटेकोशी नदीबाट बगेर आएका शव चितवनमा…
Read More
बाढीका कारण सम्पर्कविहीन पर्यटक संख्या ६४४ पुग्यो

बाढीका कारण सम्पर्कविहीन पर्यटक संख्या ६४४ पुग्यो

काठमाडौं, भदौ ११- भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो । बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली पर्यटक १२७ जना रहेका छन् । अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ पर्यटक सम्पर्कविहिन रहेको तथ्यांक छ। मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक वेपत्ता रहेको तथ्यांक छ । सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ र लात्भिया, दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक वेपत्ता रहेको बोर्डले जनाएको छ । बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट तथ्यांक संकलन गरेको जनाएको छ…
Read More
बाढी प्रभावित विदूरमा प्रधानमन्त्री, घाइतेहरू भेट्दै

बाढी प्रभावित विदूरमा प्रधानमन्त्री, घाइतेहरू भेट्दै

काठमाडौं, भदौ ११- प्रधानमन्त्री बालेन शाह आज बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । विदूर पुगेका प्रधानमन्त्री शाहले स्थलगत निरीक्षणका साथै घाइतेहरु भेटेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् । उनीहरू आज बिहान स्थलमार्ग हुँदै विदूर पुगेका हुन् । बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ । त्यसमध्ये विदूर पनि प्रभावित क्षेत्र हो ।
Read More
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी

पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं, भदौ ११- भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि यातायात सञ्चालनमा आउन सकेका छैनन् । बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत विभिन्न क्षेत्रमा लेदो थुप्रिएपछि सडक अबरुद्ध भएको र अहिले उक्त लेदो हटाउने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् । उनका अनुसार नौबिसे हुँदै रसुवा तथा मुग्लिन–चितवनतर्फ जाने पृथ्वी राजमार्गको अवस्था प्रभावित भएकाले हाल सवारीसाधन रोकिएको छ । सडक सफा गरी यातायात सञ्चालनयोग्य भएपछि ट्राफिक प्रहरीले आधिकारिक सूचना जारी गर्ने उनले बताए ।
Read More
चिनियाँ राजदूत भन्छन्- नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो

चिनियाँ राजदूत भन्छन्- नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो

काठमाडौँ, भदौ ११ – नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’ सँगको अन्तर्वार्तामा राजदूत चाङले उक्त कुरा बताएका हुन् । नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, विपद्‌मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति चीनले गहिरो समवेदना प्रकट गरेको छ। राजदूत चाङका अनुसार हालसम्म उपलब्ध प्रारम्भिक जानकारीले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको देखाएको छ। भूकम्पका कारण हिमपहिरो र त्यसलगत्तै लेदोसहितको बाढी आएको थियो। यस प्राकृतिक घटनाले केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ…
Read More
नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु

नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु

काठमाडौँ, भदौ ११ – भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुन:सुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको छ…
Read More
बाढीबाट ५७९ जना पर्यटक सम्पर्कविहीन, ४६६ विदेशी

बाढीबाट ५७९ जना पर्यटक सम्पर्कविहीन, ४६६ विदेशी

काठमाडौँ, भदौ ११ – भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् । कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् । हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेहरुको संख्या ७३ जना छन् ।
Read More
चितवनमा ६४ शव भेटिए, अस्पतालहरुको क्षमता ५० मात्रै

चितवनमा ६४ शव भेटिए, अस्पतालहरुको क्षमता ५० मात्रै

काठमाडौँ, भदौ ११ – बाढीबाट मृत्यु भएकाहरुमा हालसम्म चितवनमा ६४ वटा शव भेटिएका छन् । चितवन प्रहरी कार्यालयले ६४ शव भेटिएको जानकारी गराएको छ । शवको खोजी कार्य जारी रहेको हुँदा शवहरु थप फेला पर्नसक्ने प्रारम्भिक आकलन गरिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी गराए । चितवनमा रहेका स्वास्थ्य संस्थाहरुको अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता रहेको प्रहरी कार्यालयलाई जानकारी गराएका छन् । ‘शव खोजी कार्य जारी रहेको र शव राख्ने स्थानको अभावका कारण आपतकालीन व्यवस्थापनको रणनीति बमोजिम शवको सुरक्षा गर्नुपर्ने अवस्थ रहेको छ,’ चितवन प्रहरीले अनुरोध गरेको छ,‘यस्तो विषम परिस्थितिमा कहीँ कतै फेला परेमा नजिकको सुरक्षा…
Read More