Day: १० श्रावण २०८३, आईतवार १४:०१

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम, साउन १० – प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान चलाएपछि लागूऔषध सेवनकर्ता र कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका छन् । लागूऔषधविरुद्धको अभियानअन्तर्र्गत प्रहरीले नियमित जाँच गर्न थालेपछि मधेस प्रदेशका आठ वटै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगरलगायत लागूऔषध कारोबारमा संलग्नहरु पक्राउ पर्न थालेका हुन् । सङ्गठित अपराध लागूऔषधविरुद्ध अभियान चलाएको प्रहरीले मधेस प्रदेशका आठ वटै जिल्लाबाट ठूलो परिमाणमा लागूऔषध पनि बरामद गर्दै आएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बितेका तीन आर्थिक वर्षमा मधेस प्रदेशमा विभिन्न प्रकारका लागूऔषधसहित दुई हजार ८११ जना पक्राउ परेका छन् भने दुई हजार १२१ वटा लागूऔषध सम्बन्धित मुद्दा दर्ता भएका…
Read More
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति

काठमाडौँ, साउन १०- नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ। सडक विभागका महानिर्देशक डा। विजय जैसीकाअनुसार मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिव ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि यस आयोजनाको निर्माण शुरु गरेको थियो । आयोजनाको उद्घाटन…
Read More
सासंद गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको गगन थापाद्वारा निन्दा

सासंद गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको गगन थापाद्वारा निन्दा

काठमाडौं, साउन १०- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको घटनाको निन्दा गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले लोकतन्त्रमा विचार फरक हुन सक्ने र असहमति पनि स्वाभाविक हुने उल्लेख गरेका छन्। तर, कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ। थापाले सांसद पौडेलमाथि भएको आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियामार्फत दिनुपर्ने बताएका छन्। हिंसा, दुर्व्यवहार वा अपमानजनक गतिविधिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने उनको धारणा छ।
Read More