Day: ५ श्रावण २०८३, मंगलवार १७:३८

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

काठमाडौँ, साउन ५– शिक्षा र स्वास्थ्यमा लगाईएको ३ प्रतिशत कर (समता)बाट सरकार पछि हटेको छ । प्रधानमन्त्री बालेन शाहले सामाजिक संजाल फेसबुकबाट स्टाटस लेख्दै ३ प्रतिशत कर लगाउने निर्णय फिर्ता लिइएको जानकारी दिए । प्रधान्मन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले यस्तो लेखेका छन् स्टाटसः निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य…
Read More
१२ कक्षा उत्तीर्ण विद्यार्थी लक्षित जीएसटी कलेजले ‘लन्च प्याड–२’ गर्ने

१२ कक्षा उत्तीर्ण विद्यार्थी लक्षित जीएसटी कलेजले ‘लन्च प्याड–२’ गर्ने

चितवन, साउन ५– चितवनको रत्ननगर–१ निपनीमा रहेको जिएसटी कलेजले कक्षा १२ उत्तीर्ण विद्यार्थी लक्षित दोस्रो संस्करणको ‘लन्च प्याड’ कार्यक्रम आयोजना गरेको छ । यही साउन १० गते निपनीमा रहेको होटल स्टार चितवनमा ‘From Brain Drain to Brain Gain: The Rise of Gen-Z in Nepal’ विषय केन्द्रीत कार्यक्रम आयोजना गरेको हो । कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई उत्सव मनाउने उद्देश्य अनुरुप यो कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपलले जानकारी दिए । यो कार्यक्रम विद्यार्थीहरुका लागि प्रेरणा, करियर मार्गदर्शन तथा नयाँ संभावनाहरुको उत्कृष्ट अवसर बन्ने कलेजका प्रवन्ध निर्देशक दिवस मैनाली बताउँछन् । बीबीए अध्यापन गराउँदै आइरहेको यस कलेजमा साउन १७ गते प्रवेश परीक्षा तोकिएको…
Read More
चितवनमा सवारी दुर्घटनामा आयाे कमी

चितवनमा सवारी दुर्घटनामा आयाे कमी

चितवन, साउन ५- जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा ५४५ दुर्घटना भएका थिए । अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको सङ्ख्या घटेको छ । ती दुर्घटनामा परी ९९९ जना घाइते भएका छन् । यस अवधिमा पूर्व पश्चिम लोकमार्गमा १३७ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २१४ जना घाइते भएका छन् । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ४८ दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए । पृथ्वी राजमार्गअन्तर्गत २२ सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो । ६२…
Read More
चितवन राष्ट्रिय निकुञ्जबाट गायब भएको माडीगज एक महिनापछि नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जबाट गायब भएको माडीगज एक महिनापछि नियन्त्रणमा

चितवन, साउन ५- माडीगजलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ । माडीगज हात्तीको नाम हो । चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोष्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेर हात्ती तर्सिएर भागेको थियो । प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर शरीरमा झुम्म पर्ने औषधि सुईबाट शरीरमा पठाएर नियन्त्रणमा लिइएको हो । तेह्र वर्षको उक्त हात्तीलाई हाल लामिचौर पोष्टमा राखिएको छ । माउतेले थप स्याहार गरेर पूर्ववत् अवस्थामा फर्काएपछि हात्तीलाई गिदेनी पोष्ट लगिने छ । गैँडा, बाघजस्ता जनावरवाट तर्सने र मात लागेर हात्ती भाग्ने गर्दछन्…
Read More
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा

एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा

चितवन, साउन ५ – नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यसअवधिमा भरतपुर आँखा अस्पतालबाट एक लाख ७९ हजार २६, उकालोको सिटि क्लिनिकबाट १९ हजार ५३८ तथा अन्य सबै खालका शिविरबाट ४२ हजार २७० जनाले आँखा परीक्षणसहित विभिन्न सेवा लिएका हुन् । त्यस्तै, विद्यालयमा सञ्चालित शिविरबाट ४६ हजार ८५ जना विद्यार्थी लाभान्वित भए । यस्तै दुईवटा सेकेण्डरी आँखा अस्पतालमा २७ हजार ३५७ जना, दुईवटा सर्जिकल आई केयर सेन्टरमा नौ हजार ४६४ र…
Read More
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन, साउन ५- भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् । बाँकी ७८९ बिमा नभएका बिरामी हुन । उपचारका लागि आएकामध्ये ६८७ जना नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ । एक दिनमा आकस्मिक सेवा लिनेको सङ्ख्या २६६ जना रहेको छ । अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार ७० प्रतिशत हाराहारी बिरामी बिमाका रहेका छन् । आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी हुन् । संयोजक…
Read More