Day: २१ असार २०८३, आईतवार १९:०६

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

नारायणगढ,असार २१- चितवनस्थित भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड (विद्युतीय सूचना पाटी) मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा निजका आफन्तलाई मोबाइल फोनमार्फत सन्देश (एसएमएस) पठाई जानकारीसमेत गराइनेछ । अस्पतालमा आइसियुका शय्या प्रायः खाली नहुने भएकाले बिरामी आइसियु सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेकाको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ । भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले आइसियु जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न…
Read More
गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंकः हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा

गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंकः हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा

काठमाडौं, असार २१- चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उनका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो । हात्तीले घरभित्र सुतिरहेको बेला आशिका र ४ वर्षीया छोरा भरतमाथि आक्रमण गरेको थियो । हात्तीको गम्भीर प्रहारबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवले जानकारी दिए । घटनाका क्रममा हात्ती धपाउन खोज्दा थप क्षति भएको छ । आशिका श्रीमान पूर्ण बोटेले हात्तीलाई भगाउने प्रयासमा आगो बाल्दा आफ्नै कच्ची घरमा आगलागी…
Read More
सरकारको एकसय दिन : सय वुँदे वाचा पत्रभित्र दर्जनौं प्रश्नहरु

सरकारको एकसय दिन : सय वुँदे वाचा पत्रभित्र दर्जनौं प्रश्नहरु

काठमाडौं, असार २१- कुनै पनि नयाँ सरकारका लागि पहिलो एकसय दिनलाई ‘हनिमुन पिरियड’ मानिन्छ । यही अवधिमा सरकारले आफ्नो प्राथमिकता, कार्यशैली र राजनीतिक इच्छाशक्तिको प्रारम्भिक संकेत दिन्छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पनि सय दिन पूरा गरेको सन्दर्भमा सरकारले गरेका काम, अपूर्ण रहेका प्रतिबद्धता तथा देखिएका चुनौतीहरूको समीक्षा आवश्यक छ । २०८२ चैत १३ गते सरकार गठनसँगै सुशासन, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, आर्थिक सुधार र विकास निर्माणलाई प्राथमिकतामा राखिएको थियो । पहिलो सय दिनमा केही क्षेत्रमा सकारात्मक सुरुआत देखिए पनि धेरै प्रतिबद्धता अझै कार्यान्वयनको चरणमा छन् । करिब दुई तिहाइको अपार जनमतको बलमा रास्वपाका वरिष्ठ नेता…
Read More
देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

काठमाडौं, असार २१- देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर (१५.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ । मधेश प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर (१५.६४ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार…
Read More
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

मध्यविन्दु (नवलपरासी), असार २१ – नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ । जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना ९पूर्वी खण्ड० अन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो । वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो । “नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो”, उहाँले भन्नुभयो, “सडक…
Read More
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु

चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु

चितवन, असार २१- भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकाे चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।
Read More
मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

चितवन,असार २१- बिहानको ठीक साढे ४ बजे सहर अझै मस्त निद्रामै हुन्छ। तर, गैँडाकोटको फेदीमा रहेका १८८२ वटा ढुङ्गे खुड्किलाहरूमा भने पदयात्रीहरूको पदचाप गुञ्जिन सुरु भइसकेको हुन्छ। कुनै समय केवल धार्मिक अनुष्ठान र पूजाआजामा सीमित मौलाकालिकाको यो उकालो, विशेषतः सार्वजनिक बिदाका दिन निकै गुल्जार बन्छ। सहरको कोलाहल र व्यस्त दिनचर्याबाट मानसिक स्फूर्ति चाहनेहरूका लागि यो पहाडी थुम्को ‘सर्ट हाइकिङ’ को रूपमा विकसित भइरहेको छ। सहरको आधुनिक जीवनशैलीका कारण निम्तने शारीरिक शिथिलता र मानसिक तनाव व्यवस्थापनका लागि धेरैले मौलाकालिकाको यो उकालो चढ्न रुचाउँछन्। भरतपुर र गैँडाकोटको मुख्य सहरदेखि नजिकै रहेको मौलाकालिका आफैँमा धेरैका लागि ‘शनिबारे हाइकिङ स्पट’ बनिरहेको छ। यस्तै उद्देश्यका…
Read More