Day: ४ असार २०८३, बिहीबार १८:०३

चितवनमा बढ्यो गर्मी, अधिकतम तापक्रम ३६ डिग्री

चितवनमा बढ्यो गर्मी, अधिकतम तापक्रम ३६ डिग्री

चितवन, असार ४- चितवनसहित देशभर गर्मी बढेको छ । गर्मीका कारण जनजिवन प्रभावित बन्न थालेको छ । भरतपुर विमानस्थल कार्यालयको रेकर्ड अनुसार आज (बिहीबार) भरतपुरको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएकाे छ। आज दिउँसो जिल्लाको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएकाे कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ । यस्तै मौसम विभागको तथ्यांकअनुसार यस वर्ष चितवनमा सबैभन्दा बढी तापक्रम वैशाख ९ गते ३९ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो। अघिल्लो वर्ष भने अधिकतम तापक्रम ३९ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको थियो।
Read More
पत्रकार देउजा सवार कार र मोटरसाइकल ठक्करबारे चितवन प्रहरीले निकाल्यो विज्ञप्ती,भन्योः कार चालकले मादक पदार्थ सेवन गरेको भन्ने हल्ला निराधार

पत्रकार देउजा सवार कार र मोटरसाइकल ठक्करबारे चितवन प्रहरीले निकाल्यो विज्ञप्ती,भन्योः कार चालकले मादक पदार्थ सेवन गरेको भन्ने हल्ला निराधार

चितवन, असार ४- भरतपुर महानगरपालिका–१५ कान्छीचोकमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा तीन जना घाइते भएको घटनाबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका केही सूचनाप्रति जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीका अनुसार जेठ २८ गते राति करिब १२ः३० बजे सुर्यनगरबाट कान्छीचोकतर्फ आउँदै गरेको मोटरसाइकल र चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको कार ठोक्किँदा दुर्घटना भएको थियो । घटनापछि घाइते तीन जनालाई उपचारका लागि भरतपुरस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि कार चालक फुलमाया देउजालाई इलाका प्रहरी कार्यालय चनौलीको टोलीले नियन्त्रणमा लिएर परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको नदेखिएको प्रहरीको विज्ञप्तीमा उल्लेख छ । सो कारमा पत्रकार सन्तोष देउजा पनि…
Read More
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन, असार ४ – सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले वढेको छ । गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिनुभयो । गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जीप…
Read More
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

चितवन,असार ४ – भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारीसंस्था खारेज गरेको छ । प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो । भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रोजी केसीले नियमित रुपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरु खारेज गरिएको जानकारी दिनुभयो । महानगरभित्र कूल ३६३ सहकारी संस्था रहेकोमा उक्त सहकारी संस्थाको खारेज पछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन् । रासस
Read More
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

चितवन,असार ४- नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ । देवचुली नगरपालिका–११ स्थित धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो । बिहीबार बिहान उनी नदीमा हाम फालेका थिए । सशस्त्रको नम्बर ३१ गुल्म नवलपरासीबाट खटिएको टोलीले उनको उद्धार गरेर सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । उद्धारपछि उनलाई उपचारको लागि चितवन ल्याइएको छ । उनको अवस्था सामान्य छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चामा नदीमा अड्किएका एक जनालाई पनि सशस्त्रले उद्धार गरेको छ । बिहीबार सोही गाउँपालिका वडा नम्बर–१ लिस्ती बस्ने २३ वर्षीय सञ्जीव…
Read More
१९दिनमा पनि प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको विपक्षीले पाएन जवाफ

१९दिनमा पनि प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको विपक्षीले पाएन जवाफ

काठमाडौं, असार ४- नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिनुभएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्रीज्यूले जे कुरा अभिव्यक्त गर्नुभयो, आज १९ दिन भयो उहाँले संसदमा आएर यसको विषयमा मंैले गल्ती गरे भन्नुभएको छैन । देशलाई हेप्नुभयो । तीन करोड नेपाली जनतालाई हेप्नुभयो । राष्ट्रविरुद्ध बोल्नुभयो । प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो । त्यसैले प्रधानमन्त्री संसदमा आएर यसविषयमा स्पष्ट पार्नुपर्छ ।’ त्यसैगरी, उनले कर छली गरेर भित्र्याइएका बीवाईडी…
Read More
प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ, असार ४ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक, २०८३ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ र परराष्ट्र मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । यस्तै अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,…
Read More
चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन, स्थल निर्माण कार्यले लियो गति

चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन, स्थल निर्माण कार्यले लियो गति

नारायणगढ (चितवन), असार ४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ । भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो । उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ । डोमको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार गरिनेछ, जसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने जनाइएको छ । मिडिया स्पेस सोलुसन काठमाडौँले सो काम गरिरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा…
Read More
नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

मुग्लिन (चितवन), असार ४- नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो । सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।रासस
Read More