Day: ८ जेष्ठ २०८३, शुक्रबार १७:०१

संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान

संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान

काठमाडौं ८ जेठ, संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ सुनिश्चित गर्न लिखित रुपमा सुझाव माग गरिएको जनाइएको छ । सुझाव इमेल र ह्वाट्सएप मार्फत पठाउन सकिने छ । संविधान संशोधनका लागि लिखित सुझाव इमेल एड्रेस sambidhansansodhan@gmail.com र sambidhansansodhan@opmcm.gov.np मा पठाउन सकिने छ । ह्वाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर ९८५६०२९९४७…
Read More
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

कुवेत सिटी, जेठ ८ – आगामी जुन –१ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने कुवेतले घोषणा गरेको छ । नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थल प्रणाली र पूर्वाधारमा सुधार र परिचालन सुविधामा मर्मत–सम्भार र विकास कार्य सम्पन्न भए पछि उडानहरु सुरु गर्ने निर्णय गरिएको बताउनुभएको छ । सुरक्षित र सहज हवाई यातायात प्रवाह र यात्रु आवागमन सुनिश्चित गर्न परिचालन तयारी भई रहेको उल्लेख गर्दै उहाँले प्राविधिक मूल्याङ्कनको आधारमा एयरपोर्ट तथा उडानहरु पुनः खोलिने बताउनुभएको छ । उहाँले एयरपोर्ट तथा उडानहरुको पूर्ण सञ्चालनका लागि प्रत्येक चरणको मूल्याङ्कन जारी…
Read More
मोरङका क्रसर : अनुमति एउटा, काम अर्कै

मोरङका क्रसर : अनुमति एउटा, काम अर्कै

विराटनगर ८ जेठ, एउटा कामका लागि अनुमति लिएर अर्कै काम गरिरहेको पाइएपछि स्थानीय प्रशासनले मोरङका दुई वटा क्रसर उद्योग बन्द गरेको छ । एउटालाई जरिवाना गराएको छ । जिल्ला अनुगमन समितिले मापदण्ड विपरीत र अवैध रुपमा सञ्चालित जिल्लाका तीनवटा क्रसर तथा बालुवा प्रशोधन उद्योगमाथि कारबाही गरेको हो । बेलबारी र मिक्लाजुङ क्षेत्रमा सञ्चालित तीन उद्योगले अनुमति विपरीत काम गरिरहेको पाइएपछि कारबाही गरेको जिल्ला अनुगमन समिति मोरङले जनाएको छ । जिल्ला समन्वय अधिकारी जानुका न्यौपानेका अनुसार बेलबारीमा रहेको कान्तिपुर वासिङ प्रालि नामको क्रसर उद्योगलाई ५० हजार जरिवाना गरिएको छ । कर छली गरेको भेटिएपछि अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालयलाई पत्र पनि…
Read More
गुण्डुमा एमाले सचिवालय बैठक

गुण्डुमा एमाले सचिवालय बैठक

काठमाडौं , वैशाख -८ नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले बताएका छन् । गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गरेको कार्यविभाजन सम्बन्धी प्रश्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी रहेको छ । बैठकले पारित गरेको कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई पठाइने एमालेले जनाएको छ । ११ औँ महाधिवेशनपश्चात यसअघि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो । आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर एमालेले यसपटक नेताहरूलाई…
Read More
‘सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ’: मुख्यमन्त्री चेतनारायण आचार्य

‘सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ’: मुख्यमन्त्री चेतनारायण आचार्य

दाङ, जेठ ८ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताउनुभएको छ । प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले सबैको भावना समेटेर जनमुखी र विकास केन्द्रित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री आचार्यले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढाइएको बताउनुभयो । “आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेका छौँ । सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी छ”, उहाँले भन्नुभयो । प्रदेश सुशासन केन्द्रका प्रमुख…
Read More
नारायणी नदी उत्खनन व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरको निर्देशन

नारायणी नदी उत्खनन व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरको निर्देशन

नवलपुर (नवलपरासी), जेठ ८- नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ । समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो । समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ मनपरि खनिएको पाइएको बताउनुभयो । नदीमा अनुमतिभन्दा गहिरो खाल्डो खनेर उत्खनन गरिएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर उत्खनन गर्न दिइएको भन्दा अन्यत्र स्थानमा पनि उत्खनन भएको पाइएको उहाँको भनाइ छ । उहाँले नदीजन्य पदार्थ उत्खनन गर्दा नियमविपरीत हुन नहुने बताउनुभयो । “हामीले यसअघि…
Read More
सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत

सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत

विराटनगर, जेठ ८- कोशी प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा छलफलका क्रममा विभिन्न राजनीतिक धारबाट फरक–फरक प्रतिक्रिया प्राप्त भएको छ । नीति तथा कार्यक्रमलाई लिएर सत्तापक्ष, प्रतिपक्ष तथा सत्ता साझेदार दलभित्र समेत भिन्न धारणा सार्वजनिक भएका छन् । विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका उपनेता बाबुराम गौतमले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनमा चुनौती रहने टिप्पणी गरेका छन् । उनका अनुसार दस्तावेजमा धेरै विषय समेटिए पनि कार्यान्वयन पक्ष पर्याप्त रूपमा स्पष्ट नभएकाले अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुनसक्ने देखिन्छ । यसैबीच सत्तारूढ नेकपा (एमाले)का सांसद पाँचकर्ण राईले नीति तथा कार्यक्रमलाई समग्र रूपमा सकारात्मक रूपमा मूल्यांकन गरेका छन्…
Read More