Day: ७ जेष्ठ २०८३, बिहीबार १७:४५

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

एजेन्सी, जेठ ७ – चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । चीन भ्रमणका लागि रुसका राष्ट्रपति पुटिन मंगलबार राति बेइजिङ पुगेका थिए । बुधबार उनले चीन भ्रमण सम्पन्न गरिसकेका छन् । भेटपछि सीले भने,‘चीन–रूस सम्बन्ध यहाँसम्म आइपुगेको छ, किनकि दुई देशले अटल दृढताका साथ राजनीतिक पारस्परिक विश्वास र रणनीतिक समन्वयलाई निरन्तर गहिरो बनाएका छन्, सधैं नयाँ उचाइमा पुग्ने अभियानका साथ सहयोग विस्तार गरेका छन्, अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको रक्षा गरेका छन्, र मानवताको लागि साझा भविष्य भएको समुदायको निर्माणलाई अटल संकल्पका साथ अगाडि बढाएका छन्।’ राष्ट्रपति सीले चीन र रुसले रणनीतिक र दीर्घकालीन दृष्टिकोण…
Read More
लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा

लुम्बिनी, जेठ ७ – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नुभएको हो । उहाँले चालु खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनुभयो । प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा ‘समृद्ध लुम्बिनीः खुसी नागरिक’ को…
Read More
प्रधानमन्त्री कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेको राम्रोः हर्क साम्पाङ

प्रधानमन्त्री कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेको राम्रोः हर्क साम्पाङ

काठमाडौं, जेठ ७- श्रम संस्कृति पार्टीका नेता हर्कराज राईले प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने हो कि होइन भनि सोधेका छन् । उनले बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै समय मागेर नियमावलीको नियम १५ (२) अनुसार सांसद्को प्रश्नको उत्तर दिनुपर्ने बताए । “प्रधानमन्त्रीज्यू सदनमा आएर सांसदहरूले उठानुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन । उत्तर दिनुपर्ने हो या होइन ?” उनले भने । उनले आफूले वैशाख २८ र २९ गते गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न राखेको बताए । रक्षा मन्त्रालय पनि प्रधानमन्त्रीसँगै भएकाले उनले नै जवाफ दिनुपर्ने माग राखे । “ती प्रश्नको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ,” उनले भने । उनले प्रधानमन्त्रीले…
Read More
पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

काठमाडौँ, जेठ ७- सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो । सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिनुभयो । उहाँको ९७ वर्षको उमेरमा यही जेठ ६ गते निधन भएको थियो ।
Read More
धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ, जेठ ७ – टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ । सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो । यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर–टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत उक्त कदम चालिएको बताउनुभयो । नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा कानुनी व्यवस्था पालना गर्न सबैलाई आग्रह गरेको छ…
Read More