चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि, खेलकुदलाई राजनीतिमुक्त बनाइने
काठमाडौँ, जेठ ३- चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भाद्र २० गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो। कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावभन्दा टाढा राखेर अघि बढाउने नीति लिएको बताए । उनले नेपालमा रहेका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै सानै उमेरदेखि खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए । सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौँ भने उनीहरुलाई उत्कृष्ट खेलाडीका रूपमा विकास गर्न सकिने उनको भनाई छ । मन्त्री पोखरेलले आगामी पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिएका छन् । उनले भने,‘राजनीतिक…