Day: २४ बैशाख २०८३, बिहीबार १७:१७

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः राष्ट्रपति

वैशाख २४- राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै विभिन्न समयमा भएका जनआन्दोलनहरू तथा संघर्षहरूमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन् । सूचना तथा संचार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गरेका हुन् । उनले भने, ‘हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने…
Read More
फेन्सी व्यवसायी संघको राष्ट्रिय भेला चितवनमा हुँदै

फेन्सी व्यवसायी संघको राष्ट्रिय भेला चितवनमा हुँदै

चितवन, वैशाख २४- फेन्सी व्यवसायी संघको राष्ट्रिय भेला चितवनमा हुने भएको छ । राष्ट्रिय स्तरका फेन्सी व्यवसायीको छाता सङ्गठन गठन गर्ने उद्देश्यले जेठ २३ र २४ गते चितवनमा राष्ट्रिय भेला हुने भएको हो। महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष श्री राम प्रसाद पौडेलका अनुसार भेलामा देशभरका फेन्सी व्यवसायी संघको सहभागिता हुने छ । जसले फेन्सी व्यवसायलाई व्यवस्थित, एकीकृत र सशक्त बनाउने अपेक्षा संघको रहेको छ । भेलामा महासंघ गठनसम्बन्धी आवश्यक छलफल, विधान निर्माण, सङ्गठनात्मक संरचना तथा भावी कार्य दिशाबारे व्यापक बहस हुने कार्यक्रम रहेको जनाइएको छ। साथै, व्यवसायीहरूका साझा समस्या, बजार व्यवस्थापन, कर प्रणाली तथा व्यवसाय…
Read More
सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० कायम

सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० कायम

वैशाख २४- बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिदबिक्री भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको…
Read More
फेरि चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा दिल पुन

फेरि चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा दिल पुन

चितवन : चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा पुन: दिलबहादुर पुन आउने भएका छन् । प्रमुख संरक्षण अधिकृत रहेका डा.गणेश पन्तलाई मन्त्रालयले विभागमा सरुवा गरेपछि पुनलाई प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो । शिवपुरी राष्ट्रिय निकुञ्जमा १५ महिना काम गरेका पुन यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका थिए । निकुञ्जका प्रमुख रहेका डा. पन्तले निकुञ्जको आसपासका अतिक्रमित क्षेत्रको बस्ती खाली गराउन सार्वजनिक सूचना जारी गरेका थिए । मन्त्रालयसँग समन्वय नगरेको आरोप उनीमाथि छ । उनलाई चितवन आएको दुई वर्ष पूरा नहुँदै मन्त्रालय तानिएपछि उनको स्थानमा पुन आउने भएका हुन् ।
Read More
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

वैशाख २४ – वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ । साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ । राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशीखोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ४ दिनदेखि अवरुद्ध थियो ।
Read More