Day: २२ बैशाख २०८३, मंगलवार १६:५१

मालपोतले गर्ने काम स्थानीय तहले पनि गर्नसक्ने बाटो खुल्यो

मालपोतले गर्ने काम स्थानीय तहले पनि गर्नसक्ने बाटो खुल्यो

२२ वैशाख, काठमाडौं । स्थानीय तहलाई मालपोत कार्यालयले गरिएको काम समेत गर्नसक्ने गरी कानुनी बाटो खुलेको छ । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ मार्फत मालपोत ऐन २०३४ मा संशोधन गरेसँगै मालपोत कार्यालयले गर्दै आएको कार्य स्थानीय तहले गर्न सक्ने भएका छन् । स्थानीय तहलाई मालपोत र नापी कार्य गर्नसक्ने गरी मालपोत ऐनमा दफा ८ (ग) थपिएको छ । स्थानीय तहले जग्गाको लिखत रजिष्ट्रेशन, नामसारी, दाखिल खारेज, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवा गर्ने काम गर्न सक्नेछन् । स्थानीय तहले मालपोत र नापीको कार्य गर्नका लागि छुट्टै शाखा खोल्ने अधिकार ऐनले दिएको छ । स्थानीय तहमा उक्त कार्य ‘भूमि…
Read More
संवैधानिक परिषद् बैठक : ४ जनाले गणपूरक, ३ जनाले निर्णय

संवैधानिक परिषद् बैठक : ४ जनाले गणपूरक, ३ जनाले निर्णय

काठमाडौँ । राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या चार भए पनि पुग्ने भएको छ । अर्थात् ६ जनाको संवैधानिक परिषद् बैठक बस्न चार जना भए पनि हुने भएको छ । त्यस्तै परिषद् बैठकले कुनै पनि निर्णय गर्दा ३ जनाको बहुमत भए निर्णय गर्न मिल्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले एक पटक फिर्ता पठाएको उक्त अध्यादेश सरकारले सोमबार पुन राष्ट्रपतिलाई पठाएको थियो । सोही अध्यादेश मंगलबार जारी भएको हो । ‘संवैधानिक परिषद्मा ६ जना नै बहाल हुने तर ४ जना भएमा गणपूरक सङ्ख्या मानिने र बहुमत नभएर बराबरी भएमा प्रधानमन्त्रीले जता मत दिन्छ त्यतैको बहुमत…
Read More
आसिफको १४औं ओडीआई अर्धशतक

आसिफको १४औं ओडीआई अर्धशतक

आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत ओमानसँग भइरहेको खेलमा अर्धशतक प्रहार गरेका छन् । ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो । विनोद भण्डारीसँगै ओपनिङ गरेका आसिफले ६६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । विनोद भण्डारी भने पहिलो बलमै आउट भए । ओमानले पहिलो ओभर मेडन राखेको थियो । त्यसपछि स्ट्राइक परिवर्तन हुँदा विनोद दोस्रो ओभरको पहिलो बलमै खाता नखोली आउट भए । त्यसपछि आसिफ र अर्जुन कुमाल मिलेर नेपालको इनिङ्स सम्हालिरहेका छन् । यो जोडीले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् । आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन…
Read More