Day: २२ माघ २०८२, बुधबार १३:००

दरखोलामा मोटरेबल पुल निर्माण

दरखोलामा मोटरेबल पुल निर्माण

म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्का मार्फत निर्माण थालिएको सो पुल २५ मिटर लामो हुनेछ । विस २०८१ भदौ १९ गते पाँच करोड ५९ लाख ३३ हजारमा ठेक्का सम्झौतामा निर्माण कम्पनीले यसै महिनादेखि काम थालेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिनुभयो । खोलालाई डाइभर्सन गरेर पुलको पिल्लर राख्ने ठाउँ बनाउन थालिएको हो । ठेक्का सम्झौताको अवधि एकवर्ष पाँच महिना रहेको छ । यस ठाउँमा पुल निर्माण भएपछि धवलागिरी गाउँपालिकाको १ र २ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने मुना– खोरीया– लमसुङ– लुलाङ– गुर्जा सडकमा बाह्रै महिना…
Read More
सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिनमात्र बाँकी रहँदा म्याग्दी जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल, उम्मेदवार, प्रमुख निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरु निर्वाचनको लगभग अन्तिम तयारीमा जुटेका छन् भने नागरिकहरु मतदानको प्रतीक्षामा छन् । माघको चिसोमा शरीरभरि न्यानो कपडा लगाएर उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुग्न थालेपछि लामो समयदेखि सुनसान देखिने गाउँबस्ती, सदरमुकाम बेनी बजार, सार्वजनिकस्थल र चिया पसलहरूमा चुनावी बहस सुरु भएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली…
Read More