Day: ११ माघ २०८२, शनिबार १७:१७

भोलि सर्लाही-४ जाँदै सभापति गगन थापा

भोलि सर्लाही-४ जाँदै सभापति गगन थापा

नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ मा भोलि सभापति गगन जाने भएका हुन् । शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा सभापति गगनले आफू उम्मेदवारका रूपमा जिल्ला जान लागेको जानकारी दिएका थिए। थापाले सर्लाही–४ का युवाको भरोसामै आफूले जीवनकै ठूलो राजनीतिक निर्णय गरेको बताए। ‘तपाईंहरूको भर परेर म सर्लाही–४ बाट निर्वाचन लड्न आएको हुँ,’ उनले भने।
Read More
माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ । सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । पार्टीले उपसभपाति शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ । जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने भएका छन् । सभाको तयारीका लागि प्रदेश समितिको शनिबार बैठक बस्न लागेको मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।
Read More
भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्ः सचिव बस्नेत

भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्ः सचिव बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरको माटो आफ्नै भएको बताएका छन्। उनले भक्तपुरको विकासका लागि आफू नथाक्ने बताउँदै भक्तपुरको माटोसँगै यहाँका सपना पनि आफ्नै भएको बताएका हुन्। सामाजिक सञ्जालमा शनिबार स्टाटस लेख्दै उनले जनताको पीडा, आशा र भरोसालाई आफ्नो जिम्मेवारी ठानेर निस्वार्थ सेवामा समर्पित र देश र भक्तपुरको इज्जत, पहिचान र शिर सधैँ राख्दै इमानदारीताको बाटोमा हिँड्ने दाबी समेत गरेका छन्। ‘भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्। त्यसैले यसको विकासका लागि म थाक्दिनँ, रोकिँदिनँ’ भन्दै उनले भक्तपुर(२ का जनतासगँ मतको अपिल गरेका छन्। हेर्नुस् उनको काव्यात्मक शैलीको अपिल भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना…
Read More
आज अन्तरराष्ट्रिय शिक्षा दिवस

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड…
Read More
हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

हरिबोलसहित नेकपाबाट सात जना निष्कासित

नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ । नेकपाले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निष्काशन गरिएको जनाएको छ । रासस
Read More
इन्डोनेसियामा भीषण पहिरोः ७ जनाको मृत्यु, ८२ जना बेपत्ता

इन्डोनेसियामा भीषण पहिरोः ७ जनाको मृत्यु, ८२ जना बेपत्ता

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शनिबार गएको पहिरोमा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८२ जना अझै बेपत्ता छन्। इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका अनुसार पश्चिम बाङडुङ क्षेत्रमा यो प्राकृतिक विपत्ति आइलागेको हो। बेपत्ता हुनेहरूको संख्या धेरै भएकाले अहिले उद्धार र खोजी कार्यलाई तीव्रता दिइएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिएका छन्। जाभा टापुमा दुई महिनाभित्र गएको यो दोस्रो ठूलो पहिरो हो। यसअघि गत नोभेम्बर १३ मा सिबेयुनिङ गाउँमा भारी वर्षापछि गएको पहिरोमा ११ जनाले ज्यान गुमाएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार इन्डोनेसियाको मौसम विज्ञान विभागले पश्चिम जाभामा शुक्रबारदेखि नै एक सातासम्म भारी वर्षा र चरम मौसमी अवस्था रहने चेतावनी दिएको…