Day: ६ माघ २०८२, सोमबार १२:१३

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२, ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ । यस पर्वमा तामाङ समुदायमा कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जनका साथ आपसमा खुसी आदानप्रदान गर्ने चलन छ । नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक यो पर्व मनाउछन् । सोनाम ल्होसारमा प्रर्दशन गरिने…
Read More
बब्लुले दिए मन्त्रीबाट राजीनामा

बब्लुले दिए मन्त्रीबाट राजीनामा

कात्तिक ९ गते मन्त्री भएका बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी युवा तथा खेलकुद मन्त्री थिए । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् । राजीनामा बुझाएपनि आज बिदा भएकाले दर्ता हुन नपाएको उनले बताए । उनले भोलिसम्म दर्ता हुने अपेक्षा व्यक्त गरे ।
Read More
चिलीमा भीषण डढेलो: १८ को मृत्यु, दुई क्षेत्रमा संकटकाल घोषणा

चिलीमा भीषण डढेलो: १८ को मृत्यु, दुई क्षेत्रमा संकटकाल घोषणा

चिलीको मध्य र दक्षिणी क्षेत्रमा फैलिएको विनाशकारी वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। राष्ट्रपति ग्याब्रिएल बोरिकले बायोबियो क्षेत्रको कन्सेप्सनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण डढेलो अनियन्त्रित बनेपछि सरकारले नुब्ले र बायोबियो क्षेत्रमा संकटकाल घोषणा गरेको छ। डढेलोका कारण बायोबियो क्षेत्रमा मात्रै करिब ३०० घरहरू ध्वस्त भएका छन् भने देशभर यो संख्या एक हजार नाघ्न सक्ने अनुमान गरिएको छ। हालसम्म २४ हजार हेक्टरभन्दा बढी वन क्षेत्र सखाप भइसकेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेन्को, नासिमिएन्टो र लाजा जस्ता नगरपालिकाहरूमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ। विपद्को…
Read More
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ र (मुस्ताङ—डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो । तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन । हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ । अनुकूल समयमा हिउँ पर्‍यो भने अन्नबाली सप्रिने र उत्पादनसमेत वृद्धि हुने भए पनि यसवर्ष पनि पुस महिना कटिसक्दासमेत हिउँ पर्न सकेको छैन । अक्सर हिमाली क्षेत्रमा बर्सेनि पुस र माघ महिना हिउँ पर्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण हिमाली क्षेत्रमा अनुकूल…
Read More
सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर २ लाख ८२ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो । त्यस्तै , चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको…
Read More