नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको महाधिवेशन सौराहामा
भरतपुर । नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघाराँै केन्द्रीय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । शनिबारदेखि सुरु भएको महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित हुनेछ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे आफु जानकार रहेको बताए । उनले उद्यम क्षेत्रमा लगानी गर्ने वातावरण नबन्दा आर्थिक तरलता बढेको बताए । सरकारले लगानीको सुरक्षा गर्न सके मात्रै तरलता कम गर्न सकिने भन्दै उनले नेपाली कांग्रेस बलियो भएमात्रै देशको अर्थतन्त्र, राष्ट्रियता बलियो हुने दाबी गरे । ‘नेपाली कांग्रेस कमजोर भएको छ, तब…