विद्युतीय शवदाह गृह आजदेखि प्रयोगमा
भरतपुर । देवघाटधाममा निर्माण गरिएको विद्युतीय शव दाह गृह आजदेखि सञ्चालनमा आउँदै छ । भरतपुर महानगरपालिकाले निर्माण गरेको श दाह गृहबाट सेवा प्रवाहका लागि आवश्यक सबै तयारी पूरा भएको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिइन् । विद्युतीय शवदाह गृहको प्रयोगले वातावरण संरक्षणमा योगदान पुग्ने उनले बताइन् । महानगरपालिकाले शवदाह गृहबाट सेवा सञ्चालन गर्ने विषयमा आज सार्वजनिक सूचना पनि जारी गरेको थियो । उक्त सूचनाअनुसार हरेक दिन बिहान ५ देखि साँझ ८ बजेसम्म सेवा दिइने उल्लेख छ । सेवा लिनका लागि मृतकका परिवारले ३ हजार ५ सय रुपैयाँ शुल्क बुझाउन पर्ने महानगरले जनाएको छ ।