Day: १४ मंसिर २०८२, शनिबार १५:१३

ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत

ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी (एमालें) को यही मङ्सिर २७ गते काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन हुनुभएको छ । महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन हुनुभएको छ । युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएको छ । रासस
Read More
पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले २ चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए । यो जितपछि लुम्बिनीले लगातार तीन हारको शृङ्खला ब्रेक गरेको छ र राहत मिलेको छ । पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ ।
Read More
किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली अण्डा उत्पादन तथा बजारीकरणबारे छलफल गर्दै आजदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । किसानको फार्म लागतलाई आधार मानेर जारी गरिएको मूल्यसूचीअनुसार यसको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नयाँ दरअनुसार अति ठूलो (एक्स एल) अण्डा प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डा…
Read More