Day: ७ मंसिर २०८२, शनिबार १६:१८

चितवनका २० आ‍ैषधि पसलमा अनुगमन, एउटा बन्द गरियो

चितवनका २० आ‍ैषधि पसलमा अनुगमन, एउटा बन्द गरियो

आ‍ैषधि व्यवस्था विभागको वीरगन्ज शाखा कार्यालयले बिहीबार र शुक्रबार चितवनका २० आ‍ैषधि पसलमा निरीक्षण अनुमगन गरेको छ । अस्पतालका ८ र अन्य १२ वटा आ‍ैषधि पसलमा अनुगमन गर्दा एउटामा अनधिकृत व्यक्तिले आ‍ैषधि बिक्री वितरण गरेको हुँदा हाललाई उक्त पसल बन्द गरेको विभागको वीरगन्ज शाखा कार्यालयका प्रमुख शम्भु शाहले बताए । प्रायः आ‍ैषधि पसलहरूमा केही न केही कमजोरी फेला परेका छन् । विभागका निरीक्षक रवि चौधरी थारूले १५ वटा औषधि पसलले लागू तथा मनोद्वीपक आ‍ैषधिको दुरूस्त रेकर्ड नराखेको बताए । त्यसै गरी अस्पताल फार्मेसीले मात्र बेच्न पााउने ६ प्रकारका एन्टिबायोटिक खस्पताल बाहिरका अन्य सातवटा आ‍ैषधि पसलले पनि राखेको चौधरीले जानकारी दिए…
Read More
तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्ः ओली

तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरेका छन्। भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै यो सरकारलाई जनताले नछानेको भएकाले हट्न तयार रहने चुनौती दिए। उनले प्रधानमन्त्रीलाई भने, ‘तपाईँ को हो चुनाव गराउने ? तपाईँसँग चुनाव गराउनु कुनै अधिकार छैन। तपाईँहरू सरकारबाट हट्नुपर्छ यो हो लोकतन्त्र।’ उनले सरकारले चुनावको नाममा तमासा देखाएको आरोप लगाए। उनले संसद् पुनर्स्थापनापछि सर्वदलीय सरकार बनाएर संविधान संशोधन हुनुपर्ने बताए।
Read More