Day: ५ मंसिर २०८२, बिहीबार १५:२६

बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण

बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण

म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ । बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ । ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक/एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । मङ्गला गाउँपालिकाका पाँच वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस वर्ष तीन सय ७७ जना बालवालिका छन । दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी रु.१५ का दरले अनुदान उपलब्ध गराउँछ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा रु. ११ लाख ५० हजार बजेट बिनियोजन गरेको छ…
Read More
सिमरामा फेरि तनावः प्रहरी र जेनजी समूहबीच झडप भएपछि पुनः कर्फ्यू लगाइयो

सिमरामा फेरि तनावः प्रहरी र जेनजी समूहबीच झडप भएपछि पुनः कर्फ्यू लगाइयो

बाराको सिमरामा आज पनि तनाब उत्पन्न भएको छ । बुधबारको घटनालाई लिएर आज (बिहीबार) फेरि तनाब बढेको हो । आज पनि जेनजी समूह र प्रहरीबीच झडपको स्थिति आएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार जेनजीका समूहले राजमार्ग बन्द गरेपछि खुलाउन गएका प्रहरीसँग झडप भएको थियो । स्थिति तनाबग्रस्त भएपछि सिमरामा फेरि कर्फ्यू आदेश जारी गरिएको छ । स्थिति थप बिग्रिन नदिन सीमित क्षेत्रमा कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । तर, बुधबारको तुलनामा कर्फ्यू सीमित क्षेत्रमा मात्रै कर्फ्यू आदेश जारी गरेको उनको भनाइ छ । बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई…
Read More
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्नुहुँदै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बंैकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ । ” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राख्नुभयो । ठूलीभेरी…
Read More
दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड)का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ । दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लालिगएको व्यास–१४ का कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस खण्डमा पर्ने १४ किमीमध्ये हालसम्म सात किमी सडक कालोपत्र भइसकेको छ ।” उक्त विनियोजित बजेटले यस वर्ष एक किमी कालोपत्र गरेपछि छ किमी…
Read More
आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने छ । आज बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो ।
Read More
नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा गाडी चलाउन रोक

नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा गाडी चलाउन रोक

मंसिर ५ र ६ गते नारायणगढस्थित नारायणी पुलमा राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ । सडक विभागले बुधबार साँझ सूचना जारी गरेर गैंडाकोट र नारायणगढ बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको छ । विभागले ती दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने सूचनामा उल्लेख छ । महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक (गैंडाकोट…
Read More
एनपिएलः आज चितवन र लुम्बिनी भिड्दै

एनपिएलः आज चितवन र लुम्बिनी भिड्दै

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो। गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ ।
Read More