Day: २९ कार्तिक २०८२, शुक्रबार १३:१६

पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार

पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार

सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा यहाँका विभिन्न जिल्लामा समूह, सहकारी तथा इच्छुक व्यक्तिमार्फत ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरेको हो । मन्त्रालयका उपसचिव भरत श्रेष्ठले मन्त्रालयले सुदूरपश्चिममा भइरहेको जडीबुटी संरक्षण गरी उत्पादन बढाउने र जडीबुटीखेती विस्तार गर्ने गरिरहेको बताउनुभयो । उहाँले प्रदेशभर जडीबुटीखेती विस्तारका लागि गत आव २०८१÷८२ मा सङ्घ शसर्ततर्फ रु दुई करोड ३० लाख र प्रदेश सरकारबाट रु ६० लाख बजेट विनियोजन भई गत आवमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तारको काम भएको जानकारी दिनुभयो । मन्त्रालयले सुदूरपश्चिममा जडीबुटीखेती विस्तारका…
Read More
मुस्ताङमा तीन पालिकाका हिउँचितुवा पीडितलाई राहत वितरण

मुस्ताङमा तीन पालिकाका हिउँचितुवा पीडितलाई राहत वितरण

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमद्वारा यहाँका हिउँचितुवा पीडित २६ घरधुरीलाई वन्यजन्तु क्षति राहत हस्तान्तरण गरिएको छ । एक्यापले संरक्षित हिउँचितुवा र चितुवाको आक्रमणबाट पशुधनमा भएको क्षति राहत सम्बन्धित घरधुरीको बैंक खातामा भुक्तानी गराएको जनाएको छ । बिहीबार जोमसोमस्थित एक्याप कार्यालयमा आयोजित वन्यजन्तु संरक्षण सचेतना गोष्ठी तथा राहत वितरण कार्यक्रममा कार्यालय प्रमुख एवं संरक्षण अधिकृत राजेश गुप्ताले दुई वर्षदेखि रोकिएको वन्यजन्तु क्षति राहत सम्बन्धित पशुपालक घरधुरीलाई वितरण गराई भौचर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आव २०८०/८१ र आव २०८१/८२ मा वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका गरी कूल २६ घरधुरीको १११ पशुधन क्षति…
Read More
कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख

कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख

काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूका बीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो । कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डङ्गोलले, मौसम प्रतिकूलता हुनुअघि कुमारीघरको छानो जीर्णोद्धार गरिसक्नुपर्नेमा जोड…
Read More
हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई ध्यानमा राखेर हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एसोसिएसन)लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार ती उद्धार सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्डले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको हिमालय विश्वकै आकर्षण हो । यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ । उद्धार सङ्घसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौँ…
Read More