Day: ८ कार्तिक २०८१, बिहीबार १९:०६

कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने

कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने

काठमाडौैँ, ८ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ । आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री ठकुरीेले भन्नुभयो, “राष्ट्रपतिज्यूको नेतृत्वमा कोप–२९ सम्मेलनमा उच्चस्तरीय र प्रभावकारी सहभागिता जनाउनका लागि सोहीअनुसारको तयारी गरिरहेका छौँ ।” यसअघि सन् २००९ डेनमार्कको कोपहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त…
Read More
रविको तिहार प्रहरी हिरासतमै बित्ने,अब तिहारपछि मात्र अदालत लगिने

रविको तिहार प्रहरी हिरासतमै बित्ने,अब तिहारपछि मात्र अदालत लगिने

पोखरा,८ कात्तिक । सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले बिहीबार सात दिनको म्याद थपेको छ । गत शुक्रबार (कात्तिक २ गते) पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले पक्राउ परेकै दिनदेखि लागु हुने गरी पहिलोपटक ६ दिनको म्याद दिएको थियो । अनुसन्धान नसकिएको र प्रमाण जुटाउन बाँकी रहेपछि अदालतले दोस्रोपटक सात दिनको म्याद थप गरेको हो । दोस्रोपटक थपिएको म्याद कात्तिक १४ गते राति बजेसम्म हुन्छ । म्याद सकिएको भोलिपल्ट अदालतमा हाजिर गराउनुपर्ने हुन्छ । तर, दोस्रोपटक थपिएको म्याद सकिएको भोलिपल्ट अर्थात् कात्तिक १५ गतेदेखि…
Read More
माओवादी सत्ता वियोगको छटपटीबाट बाहिर निस्कन सकेन : पोखरेल

माओवादी सत्ता वियोगको छटपटीबाट बाहिर निस्कन सकेन : पोखरेल

काठमाडौं,८  कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको आरोप लगाएका छन् । सङ्कटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुने महासचिव पोखरेलले बताएका हुन् । माओवादीको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरी सरकारको आलोचना गरेका थिए । पोखरेलले यसबारे सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै लेखेका छन्, ‘ यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न…
Read More
नेपालमा रोजगारी सृजना गर्न विश्व बैंकले सघाउने

नेपालमा रोजगारी सृजना गर्न विश्व बैंकले सघाउने

वासिङ्टन, डिसी, ८  कात्तिक। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नुभएको छ । वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो । यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे…
Read More
मुख्य चाडबाडमै घट्यो आयात

मुख्य चाडबाडमै घट्यो आयात

काठमाडौँ,८  कात्तिक । नेपालीहरूको मुख्य चाडबाड दसैँतिहारको समयमै आयात घटेको छ । दसैँतिहारका लागि खास गरी भदौ र असोजमा धेरै आयात हुने गरेकोमा यस वर्ष असोजमा भने आयात घटेको भन्सार विभागको तथ्याङ्क छ । विभागका अनुसार गत वर्ष असोजको तुलनामा यस वर्षको असोजमा करिब २० अर्ब रुपियाँले आयात घटेको छ । तथ्याङ्क अनुसार २०८१ असोजमा एक खर्ब २८ अर्ब २१ करोड रुपियाँको वस्तु आयात भएको छ । गत वर्ष असोजमा भने एक खर्ब ४८ अर्ब रुपियाँको वस्तु आयात भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ, असोजमा मात्र होइन चालु आवको तीन महिनामा समग्र आयातनिर्यात नै घटेको छ । चालु आवको साउनदेखि…
Read More