Day: ३ कार्तिक २०८१, शनिबार २०:१३

रविलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला, अझै ठूलो हुन्छः तोसिमा

रविलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला, अझै ठूलो हुन्छः तोसिमा

पोखरा,३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टीको सभापतिलाई जेल हालेर रास्वपा सिध्याउन सकिन्छ भन्ने भ्रम नपाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। शनिबार कास्कीमा आयोजित विरोध कार्यक्रममा बोल्दै कार्कीले रवि लामिछानेलाई जेल हालेर रास्वपा नसकिने बरू अझै बलियो र शक्तिशाली भएर आउने बताएकी हुन्। ‘प्रधानमन्त्री ज्यू ! रवि लामिछानेलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला। सकिँदैन ! अझै ठूलो हुन्छ, अझै शक्तिशाली हुन्छ। अझै बलियो हुन्छ। जति हामीलाई जिस्काउनुहुन्छ त्यति नै बलियो भएर आउछौं। जति हामीलाई चिढ्याउनु हुन्छ त्यति अझै शक्तिशाली भएर आउँछौं,’ कार्कीले भनिन्।
Read More
माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छः अध्यक्ष दाहाल

माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छः अध्यक्ष दाहाल

भरतपुर,३  कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उहाँले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गर्नुभयो । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका…
Read More
सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

पाटन,३  कात्तिक । ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नंको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिनुभयो । सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उहाँले जानकारी दिनुभयो । बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ । रासस
Read More
एसइईमा अनुत्तीर्ण ९० हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर

एसइईमा अनुत्तीर्ण ९० हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर

ठमाडौं,३ कात्तिक । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् । सिटिइभिटीको यस निर्णयसँगै एसइईमा अनुत्तीर्ण भएका अर्थात् एनजी समूहमा परेका ९० हजार ८८८ जना विद्यार्थीले यो कोर्सको अध्ययन गर्न पाउने भएका छन् । एनजीमा परेका विद्यार्थीको एक वर्षसम्मको समय खेर नजाओस् भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जोडबलमा सिटिइभिटीले उनीहरूलाई प्री डिप्लोमा कोर्समा भर्नाको अवसर दिएको हो । प्री डिप्लोमा कोर्स १८ महिनाको हुन्छ । कोर्स अनुसार कुनैमा १२ महिनाको पढाइ तथा छ महिनाको ओजेटी (अन द जब ट्रेनिङ) रहन्छ भने कुनैमा १५ महिनाको पढाइ…
Read More
बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

म्याग्दी,३ कात्तिक । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिएपनि करिब दुुई तिहाई मात्र भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । तेह्र किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर डिबिएसडी प्रबिधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विस २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको…
Read More
पक्राउ परेका रास्वपा सभापति रविलाई बिहान पौने ३ बजे पोखरा पुर्‍याइयो

पक्राउ परेका रास्वपा सभापति रविलाई बिहान पौने ३ बजे पोखरा पुर्‍याइयो

पोखरा, ३ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की ल्याइएको छ। स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे लामिछानेलाई कास्की प्रहरी कार्यालय ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । अस्पतालबाट फर्काउँदै गर्दा प्रहरी कार्यालय अगाडि रास्वपा उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल लगायत नेता कार्यकर्ताले रवि लामिछानेको पक्षमा नाराबाजी पनि गरेका थिए। लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन्। जिल्ला अदालत कास्कीले शनिबार पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइदिन सिआइबीलाई पत्राचार गरेको थियो। शुक्रबार बेलुका नै पक्राउ परेका लामिछानेलाई उनकै…
Read More