Day: २ कार्तिक २०८१, शुक्रबार २१:३२

साफ महिला फुटबलः नेपाल र भुटानबीचको खेल बराबरी

साफ महिला फुटबलः नेपाल र भुटानबीचको खेल बराबरी

काठमाडौँ, २ असोज । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एकरएक अङ्कका साथ दोस्रो स्थानमा छन् ।
Read More
सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन

सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन

गण्डकी,२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले आज पक्राउ गरेको छ । उहाँलाई जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले पक्राउ गरेको हो । सभापति लामिछानेलाई अनुसन्धानका लागि कास्की ल्याइने नेपाल प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । रकम अपचलनका…
Read More
मलाई जेल हाल्ने, रास्वपा लडाउने षडयन्त्र भइरहेको छः रवि लामिछाने

मलाई जेल हाल्ने, रास्वपा लडाउने षडयन्त्र भइरहेको छः रवि लामिछाने

काठमाडौं,२ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयमा रहेका नेता कार्यकर्तालाई सम्बोधन गरेका छन्। सम्बोधनको क्रममा सभापति लामिछानेले ठूला भनिएका दलहरू रवि लामिछाने र रास्वपालाई सिध्याउने गरी लागे पनि रास्वपा अभियान बनिसकेकोले केही फरक नपर्ने बताए। उनले भने, ‘सरकारलाई चेतावनी दिन चाहान्छु, षड्यन्त्र गरेर लडाउने होइन। यिनको ध्यान रवि लामिछानेलाई जेल हाल्ने, रास्वपालाई लडाउने हो, रास्वपा अभियान बनिसकेको छ । एक से एक नेताहरू छन् ।’ सम्बोधनको क्रममा उनले आफू अहिलेको चक्रव्यूहबाट निस्केर आउने दाबी समेत गरे। लामिछानेलाई प्रहरीले आजै पोखरा लैजाँदै छ।
Read More
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौं,२ कात्तिक । तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो । ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन गरिएको प्रतिवेदनमा खुलाइएको छ…
Read More
सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा, आजै बेलुकी जाने

सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा, आजै बेलुकी जाने

काठमाडौं,२ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । उनी शुक्रबार (आज) लुकी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघले जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा आईसीसी सीडब्लूसी लिग प्रतियोगितामा हुन गइरहेको छ । सोही प्रतियोगितामा सहभागी हुन लामिछाने अमेरिका जान लागेका हुन् । यसअघि अमेरिकाले लामिछानेलाई भिसा दिएको थिएन, जतिबेला उनीमाथि बलात्कारको मुद्दा अदालतमा चलिरहेको थियो । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाई दिएपछि अमेरिकाले उनलाई भिसा…
Read More
रवि लामिछाने पक्राउ पर्न लागेको भन्दै रास्वपाले बोलायो आकस्मिक भेला

रवि लामिछाने पक्राउ पर्न लागेको भन्दै रास्वपाले बोलायो आकस्मिक भेला

काठमाडौं,२ कात्तिक ।  सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको छ । संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने संकेत पाएको भन्दै पार्टी कार्यालयमा रास्वपाले भेला डाकेको हो । काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको केन्द्रिय सदस्य टीका संग्रौला ज्वालाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । रास्वपाले सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ । रास्वपाका एक नेताका अनुसार सभापति लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थलीमा जम्मा भएका छन् । पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौंमा उपलब्ध…
Read More
साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान भिड्दै

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान भिड्दै

काठमाडौं,२ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ। तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ। यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो। घरेलु मैदानमा राजेन्द्र तामाङको टोली च्याम्पियन बन्ने लक्ष्यमा हुने छ। तर नेपाल अन्तर्राष्ट्रिय एक्सपोजर बिनै प्रतियोगितामा सहभागिता जनाउँदै छ। चयाम्पियनसिपमा हालसम्म प्रभावशाली प्रदर्शन गर्न नसकेको भुटानले यस पटक भने लामो तयारी गरेको छ। पहिलो पटक २०२२ मा सेमिफाइनलसम्म पुगेको भुटानले घरेलु महिला फुटबललाई विशेष प्राथमिकतामा राखेको छ। पछिल्ला ६ मध्ये…
Read More
देशभरको तापक्रम क्रमशः घट्दो

देशभरको तापक्रम क्रमशः घट्दो

काठमाडौँ,२  कात्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । विभागले आज बिहान ६ः०० बजे जारी…
Read More
बाख्राको दूधबाट चिज उत्पादन

बाख्राको दूधबाट चिज उत्पादन

तनहुँ, २  कात्तिक । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँडेलले जानकारी दिनुभयो । केन्द्रले सानन जातको बाख्राको दूधबाट चिज उत्पादन गरेको कँडेलले बताउनुभयो । केन्द्रले सानन जातको बाख्राबाट पाँच हजार सात सय ९१ लिटर दूध उत्पादन गरेको छ । त्यस अवधिमा दुई हजार लिटर दूध उत्पादनको लक्ष्य थियो । केन्द्रमा दूध र चिजका लागि सानन जातका बाख्राको माग उच्च रहेको कँडेलको भनाइ…
Read More
आज २०८१ साल कात्तिक २ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कात्तिक २ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

चितवन, २ कात्तिक। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे,…
Read More