Day: २५ आश्विन २०८१, शुक्रबार १६:११

नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

म्याग्दी,२५ असोज । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ । असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार छ सय १७ जना तेस्रो मुलकका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । सन् २०२३ मा एक लाख २१ हजार तीन सय ५२ जनाले भ्रमण गरेका थिए । उक्त कार्यालयका अनुसार गत बुधबारसम्म दुई हजार आठ सय ९६ जना पर्यटक भित्रएिका थिए । आठ हजार तीन सय ९७ जना…
Read More
गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते, २ को अवस्था गम्भीर

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते, २ को अवस्था गम्भीर

गुल्मी,२५ असोज ।  गुल्मीमा आज बिहान जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारीसमेत रहेका डीएसपी शंकर पोखरेलले जानकारी दिए। बुटवलबाट गुल्मीको मालिकातर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको सफारि जिप शुक्रबार बिहान साँढे नौ बजे रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका-५ इन्द्रेगौँडामा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। ‘जिपमा १४ जना सवार थिए। सबै घाइतेछन्,’ डीएसपी पोखरेलले भने, ‘घाइते सबैलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुको परिचय खुलेको छैन।’ जिप आफैँ अनियन्त्रित भएर सडकबाट…
Read More
आज कहाँ-कहाँ पर्दै छ पानी ?, यस्तो रहनेछ देशभरको मौसम

आज कहाँ-कहाँ पर्दै छ पानी ?, यस्तो रहनेछ देशभरको मौसम

चितवन,२५ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले पहाडी भू-भागमा बदली भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली हुनेछ । कोशी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित…
Read More
बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

बेनी ,२५ असोज । बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि रु चार लाख ७१ हजारको बोलकबोल भएको हो । बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गर्नुभएको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ । बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो ।…
Read More
नवरात्रको अन्तिम दिन आज अष्टमी र नवमीः महागौरी र सिद्धिदात्रीको पूजा आराधना

नवरात्रको अन्तिम दिन आज अष्टमी र नवमीः महागौरी र सिद्धिदात्रीको पूजा आराधना

काठमाडौं, २५ असोज ।  नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदैछ । तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो । अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न…
Read More
आज २०८१ साल असोज २५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको महाअष्टमी उपरान्त महानवमी तिथि। नवरात्रमा आज महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेषः स्वास्थ्यको ख्याल राख्नुपर्नेछ। मन अशान्त हुनेछ। यात्रामा कष्ट हुनेछ। किनमेलमा घाटा हुने जोखिम छ। आज तपाईंले बजारको सामान किन्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। वृषः धन प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा सन्तोषजनक फाइदा हुनेछ। दाम्पत्य सुख प्राप्त होला। पर्यटनको क्षेत्रबाट…
Read More