Day: २३ आश्विन २०८१, बुधबार २०:१९

फूलपातीदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी संचालन हुने

फूलपातीदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी संचालन हुने

चितवन,२३ असोज । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ । हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो । लामो समय वर्षात भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्ज खोलिएको हो । गत वर्ष असोज १६ गतेदेखि जीप सफारी खुल्ला गरिएको थियो । निकुञ्ज बाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्दछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चाडपर्वमा घुम्न आउने पर्यटकलाई लक्षित गरी सबै सडक सफा गर्न नसकिए पनि सफारी खुल्ला गरिएको…
Read More
दसैँको मुखमा खसीबोकाको मूल्य प्रतिकिलो सय रुपैयाँले घट्यो

दसैँको मुखमा खसीबोकाको मूल्य प्रतिकिलो सय रुपैयाँले घट्यो

चितवन, २३ असोज । भरतपुर महानगरपालिका–२९ की विमला तामाङको मुख्य पेसा बाख्रा पालन हो। खसीबोका बिक्रीबाट नै तामाङको दसैँ खर्च चल्छ। दसैँलाई मध्यनजर गर्दै तामाङले १९ वटा खसी तयारी अवस्थामा राखेकी छिन्। अहिले यिनै खसी बिक्री गर्न उनलाई समस्या परिरहेको छ। ‘दसैँमा राम्रो मूल्य पार्ने लक्ष्यका साथ व्यापारी आउँदा समेत नदिएर राखेँ,’ उनले भनिन् ‘अहिले व्यापारीहरू निकै कम आएका छन्। पहिलेजस्तो खसी बोकाको व्यापार छैन।’ विगतका वर्षहरूमा भन्दा खसीको मूल्य निकै घटेको उनले बताइन्। ‘अघिल्लो वर्ष प्रतिकिलो ६ सय रुपैयाँमा ज्यूँदो खसी बिक्री भएको थियो’, उनले भनिन् ‘अहिले प्रतिकिलो ४ सय ८० मा पनि बिक्री गर्न कठिन छ।’ दसैँको मुखमा…
Read More
मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

म्याग्दी, २३ असोज । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो । “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।” उहाँ जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ । तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । पर्यटकीय यामको…
Read More
जको मौसम पूर्वानुमानः तीन प्रदेशमा मनसुनी वायुको प्रभाव, कोशीको धेरै स्थानमा मध्यम वर्षा

जको मौसम पूर्वानुमानः तीन प्रदेशमा मनसुनी वायुको प्रभाव, कोशीको धेरै स्थानमा मध्यम वर्षा

काठमाडौं,२३ असोज । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि…
Read More
आज २०८१ साल असोज २३ गते बुधवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २३ गते बुधवार, यस्तो छ तपाईको राशिफल

चितवन,२३ असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । बुद्धि र विवेकको सही प्रयोग गर्न सकिने समय आएको छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।…
Read More
आश्विन शुक्ल षष्ठीः कात्यायनीे देवीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठीः कात्यायनीे देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, २३ असोज । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प ९एक…
Read More