Day: २० आश्विन २०८१, आईतवार १५:३०

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सको जहाजले भैरहवामा उडान अनुमति माग्यो

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सको जहाजले भैरहवामा उडान अनुमति माग्यो

काठमाडौँ,२० असोज । नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवा उडान गर्न अनुमति मागेको छ । एयरलाइन्सले फूलपातीको दिन काठमाडौँबाट भैरहवाका लागि चार्टर्ड उडान भर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो । प्राधिकरणका सूचना अधिकारी नेपाल एयरलाइन्सले अनुमतिका लागि पत्र पठाएको उल्लेख गर्दै यो स्वीकृतिको चरणमा रहेको बताए । ‘उहाँहरुले अक्टोबर १० (फूलपातीको दिन)का लागि चार्टर्ड उडानको अनुमति माग्नुभएको छ, त्यो स्वीकृतिको प्रक्रियामा छ,’ उनले भने । न्यारोबडी जहाजले एक पटकमा १६० जना बोक्न सक्छ । यो जहाज क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । अहिले नियमित रूपमा उडान हुँदै आएका जहाजको क्षमता भने ७२ सिटको हुन्छ । सडक अवरुद्ध हुँदा…
Read More
दाउन्ने सडकमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दाउन्ने सडकमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

नवलपरासी, २० असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार राति बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने जंगलको खुर्सानीखोलानजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको थिएन । सडक मर्मतपश्चात् शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ । हाल यात्रुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए । उनले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिपरजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाइएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुयालले दाउन्ने सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा नरहेको र मर्मत कार्य भइरहेको…
Read More
दशैंको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

दशैंको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौँ, २० असोज । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ,…
Read More