Day: १३ भाद्र २०८१, बिहीबार १६:५०

टीआरसी विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

टीआरसी विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

काठमाडौं  १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।
Read More
झुटो विवरण पेश गरी दोस्रो नागरिकता लिन खोज्न पक्राउ

झुटो विवरण पेश गरी दोस्रो नागरिकता लिन खोज्न पक्राउ

नवलपुर । एक पटक नागरिकता लिई सकेर झुटो विवरण पेश गरेर पुन अर्को नागरिकता लिन खोज्ने एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ५ निवासी बलराम सापकोटाका २८ बर्षीय छोरा अर्जुृन सापकोटा पक्राउ परेका हुन् । २०७३ साल साउन १४ गते जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गबाट ३६२०२६–२५८३ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्र लिएका सापकोटाले जिल्ला प्रशासन कार्यालयमा जन्ममिति लगायतका सम्पूर्ण विवरण झुटो पेश गरी नागरिकता लिन लागेको थाहा पाएपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । सापकोटालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६)…
Read More
बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ जना घाइते

बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ जना घाइते

रूपन्देही । बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज जाँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो ।घाइतेहरुमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । मृतकको नाम भने खुलिसकेको छैन । बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले…
Read More
सौराहा लेडी जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, दृष्टिविहीनलाई भोजन

सौराहा लेडी जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, दृष्टिविहीनलाई भोजन

रत्ननगर । सौराहा लेडी जेसीजको जेसीज सप्ताह सुरु भएको छ । झुवानीका दृष्टिविहीन विद्यार्थीलाई भोजन र दुई विपन्न विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरेर सप्ताहको उद्घाटन गरिएको हो । रत्ननगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ प्रमुख अतिथि रहेको सो कार्यक्रममा झुवानी मावि अन्तर्गत दृष्टिविहीन इकाइका बालबालिकालाई भोजन र झुवानी माविका प्रिन्स महतो र अरविना महतोलाई छात्राबृत्ती प्रदान गरिएको सौराहा लेडी जेसीजकी अध्यक्ष सुनिता पौडेल घिमिरे जानकारी दिइन् । कार्यक्रममा नेपाल जेसीजकी बर्ष २०२४ को राष्ट्रिय उपाध्यक्ष स्वप्ना पौडेल भण्डारी, संस्थापक अध्यक्ष सुजता बिष्ट, निवर्तमान अध्यक्ष मन्जु महतो, पूर्व अध्यक्ष सरस्वती सेढाई र समाहित शिक्षाका ईन्चार्ज सभ्यता खनालको उपस्थिति रहेको…
Read More