Day: २५ श्रावण २०८१, शुक्रबार १७:११

राप्तीमा आइतबारदेखि राजश्व संकलन, भदौँ १६ गते नगरसभा

राप्तीमा आइतबारदेखि राजश्व संकलन, भदौँ १६ गते नगरसभा

रत्ननगर । पूर्वी चितवनको राप्ती नगरपालिकामा आइतबारबाट राजश्व संकलन सुरु हुने भएको छ । शुक्रबार सम्पन्न २३ औं कार्यपालिका बैठकले आर्थिक बर्ष २०८०/८१ को आर्थिक ऐनमा टेकेर राजश्व संकलन गर्ने र त्यसको नगरसभाबाट अनुमोदन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । नगरसभा हुन नसक्दा साउन एक गतेबाट सो नगरपालिकामा राजश्व संकलनको काम रोकिएको थियो । २०८०/८१ को आर्थिक ऐनमा टेकेर पुरानै दररेटमा आइतबारदेखि राजश्व संकलन गर्ने निर्णय भएको उनले बताए । १० महिलापछि बसेको कार्यपालिका बैठकले भदौं १६ गते नगरसभा गर्ने निर्णय गरेको छ । बैठकले विनियोजा विधेयक अर्को कार्यपालिका बैठकमा छलफल गर्ने, आर्थिक विधेयक २०८१…
Read More
भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो

भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो

चितवन, २५ साउन  ।  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा गरेको छ । बिहीबार र शुक्रबार गरी २ दिनसम्म चलेको समिक्षा बैठकमा २९ वटा वडा तथा महाशाखा गरी ३९ वटा प्रस्तुतीकरण गरिएको थियो । समिक्षामा गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीहरूको समिक्षा गरी चालु आर्थिक वर्षमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति पनि लिइएको छ । समिक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका  कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुती राखेका थिए। समिक्षामा महाशाखा प्रमुखहरुले महाशाखा र अन्तर्गतका शाखाहरूले गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए ।  योजनाहरूको छनोट समयमै मुल्याङ्कन र अनुगमन, आन्तरिक…
Read More
आज नागपञ्चमी, घरघरमा नाग टाँसेर पूजा गरिँदै

आज नागपञ्चमी, घरघरमा नाग टाँसेर पूजा गरिँदै

काठमाडाैं २५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका…
Read More