Day: २४ श्रावण २०८१, बिहीबार १५:०२

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ ।
Read More
एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जजा महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिए । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । बार्षिकोत्सव अन्तर्गत निःशुःक आँखा परीक्षण शिविर तथा…
Read More
राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रिया विवादमा

राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रिया विवादमा

रत्ननगर । सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालनको लागि निकुञ्जले ठेक्का सम्झौताका लागि आह्वान गरेको टेण्डर प्रक्रिया विवादमा तानिएको छ । निकुञ्जले आह्वान गरेको आठ वटा ठेक्का सम्झौता मध्ये राप्ती नदीको सौराहाघाट देखि दुधौराघाट सम्मको ठेक्का सम्झौताको विषय विवादमा तानिएको हो । निकुञ्जले साउन २१ गते दिउसो १२ बजे सम्मको अन्तिम म्याद राखी निकालेको सुचनाको समयाबधिमा पेश भएका तीन वटा संस्थाले शिलबन्दी दरभाउपत्र पेश गरेका थिए । त्यो ठक्का नखोली निकुञ्जले एक दिनको म्याद थप गरी अर्को सुचना जारी भएपछि शिलबन्दी दरभाउपत्र पेश गरेको चौथो संस्थासंग ठेक्का सम्झौता गरेको बुझिएको छ । सौराहाका व्यवसायी त्रैलोक्य चित्रकार अध्यक्ष रहेका राप्ती जलयात्रा…
Read More