Day: १९ श्रावण २०८१, शनिबार १९:०१

बालकुमारी कलेजको स्वागत तथा अभिमुखिकरण 

बालकुमारी कलेजको स्वागत तथा अभिमुखिकरण 

भरतपुर । नारायणगढ स्थित बालकुमारी कलेज विज्ञान संकायको आयोजनामा शनिबार भरतपुरमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वि.एस.सी. माईक्रोवायोलोजी र वातावरण विज्ञान संकाय प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गरिएको हो । कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्व विद्यालय माईक्रोवायोलोजी केन्द्रिय विभागका प्रो.डा. अन्जना सिंह प्रमुख अतिथी रहनु भएको थियो । करिव ४० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी सिंहले माईक्रोवायोलोजी र वातावरण विज्ञानको महत्व र पढाई पछिको संभावनाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल जगदिश्वर खनाल, सहायक प्रिन्सिपल बाबुराम पन्थी लगायतले बोल्नु भएको…
Read More
नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

काठमाडौँ, १९ साउन । सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले राससलाई भन्नुभयो, “मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।” च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उहाँले बताउनुभयो । १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि…
Read More
एक महिना नवित्दै बिग्रियो भरतपुर अस्पतालको एमआरआई मेसिन

एक महिना नवित्दै बिग्रियो भरतपुर अस्पतालको एमआरआई मेसिन

चितवन १९  साउन । भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिन बिग्रिएको छ । साउन १६ गते परेको चट्याङका कारण एमआरआई मेसिनको एमप्लिफायर बिग्रिएको हो । जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो । अस्पतालमा राम्रोसंग अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले बताए । मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालले असार २५ गतेदेखि एमआरआई सेवा सुरु गरेको थियो । एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४-१५ जना बिरामीको एमआरआई हुँदै आएको डा. पौडेलले…
Read More
नेपाली सेनाका जवानको आफैले चलाएको गोली लागेर मृत्यु

नेपाली सेनाका जवानको आफैले चलाएको गोली लागेर मृत्यु

नवलपरासी । नवलपुरमा नेपाली सेनाका एक जना प्रहरी जवानको आफैले चलाएको गोली लागि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज दिउँसो साढे १२ बजेको समयमा कावासोती नगरपालिका ७ बाँदरझुलामा रहेको नयाँ गोरख गण ख गुल्मा अमलटारी सेक्टरमा बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ बर्षीय सुदीप मिजारको आफूले चलाएको गोली लागेर मृत्यु भएको हो । धादिङ जिल्लाको गल्छी गाउँपालिका ४ घर भई श्री गोरख गण कसरामा दरबन्दी भई हाल नयाँ गोरख गण ख गुल्ममा कार्यरत मिजारको निधन भएको हो । मिजारले नयाँ गोरख गण ख गुल्म अमलटारी बाँदरझुला पोष्टको कोत घरमा रहेको ५…
Read More
अधिकारी दुर्घटना प्रकरण : पीडक उन्मुक्तिको चालबाजीमा रहेको पीडितको आरोप

अधिकारी दुर्घटना प्रकरण : पीडक उन्मुक्तिको चालबाजीमा रहेको पीडितको आरोप

भरतपुर १९ श्रावण । व्यवसायी तथा गायक चण्डिप्रसाद (गोविन्द) अधिकारी दुर्घटना प्रकरणमा पीडक उन्मुक्तिको चालबाजीमा लागेको पीडित पारिवारले जनाएका छन् । पीडक पक्ष सवारी चालकका पिता दीपक बहादुर क्षेत्रीले पीडितलाई क्षतिपूर्ति दिन्छु भन्दै भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेको रोहबरमा कागजपत्रमा सहिछाप गरी चेक समेत हस्तान्तरण गरेकोमा पीडकको बैंक खातामा रकम नभएको पीडित पारिवारले बताएका छन् । क्षतिपूर्ति स्वरुप चेक हस्तान्तरण गरेपछि पीडित पक्षले शव बुझेर दाहसंस्कार समेत गरिसकेका छन् । तर एकाएकै पीडकले चालबाजी अपनाउदै दुईजिब्रे स्वरुपमा पीडित परिवारलाई राहत हस्तान्तरण नगर्ने दाउपेजमा लागिरहेको पीडित पक्षको आरोप रहेको छ । गत श्रावण १६ गते जिल्ला प्रहरी कार्यालय भरतपुरमा पीडित…
Read More