एनपीएलमा देखिनेछन् चितवनका तीन खेलाडी
चितवन,२२ असोज । नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाईज टिमहरुले स्थानीय खेलाडीलाई विशेष प्राथमिकता दिए । अझ भनौं पश्चिम नेपालका फ्रेन्चाईज टिमहरु स्थानीयलाई विशेष प्राथमिकता दिएरै अक्सनमा बोली लगाए । त्यसमा पनि देशको मध्य भागको प्रतिनिधित्व गर्दै गरेको चितवन राइनोजले पनि स्थानीय खेलाडीलाई नै प्राथमिकता दियो । चितवनले दुई युवा खेलाडीलाई अक्सनबाट टिममा भित्र्यायो । बलिङ अलराउण्डरद्धय दिपेश श्रेष्ठ र गौतम केसी क्रमशः ५ लाख र २ लाखमा चितवन टिममा जोडिन पुगे । यी दुवै खेलाडी चितवन र बागमती प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेका छन् । दिपेश र गौतम मात्रै होइन चितवनका अर्का युवा ब्याटर प्रतिक श्रेष्ठ पनि नेपाल…