जेनजीको आन्दोलनपछि ११औं दिनमा सार्वजनिक भए ओली

जेनजीको आन्दोलनपछि ११औं दिनमा सार्वजनिक भए ओली

जेनजीको आन्दोलनपछि ११औं दिनमा सार्वजनिक भए ओली

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज सार्वजनिक भएका छन् । जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिका कारण सैनिक सुरक्षाबाट हिजो निस्किएका ओली भक्तपुरको गुण्डुमा खोजिएको डेरा लिइएको घरमा गएर बसेका थिए । आज बिहान ओली ११औं दिनमा सार्वजनिक भएका हुन् । महेश बस्नेतलगायतका नेताहरू अहिले त्यहाँ पुगेका छन् ।
Read More
आज संविधान दिवसः विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

आज संविधान दिवसः विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति…
Read More
एमालेको कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति मरेको छैनः उपाध्यक्ष पोखरेल

एमालेको कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति मरेको छैनः उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कार्यालय डढेर खरानी भए पनि हाम्रो इच्छाशक्ति नमरेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।’  
Read More
ओली एमालेको संविधान दिवस कार्यक्रममा अनुपस्थित

ओली एमालेको संविधान दिवस कार्यक्रममा अनुपस्थित

नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । कार्यक्रममा ओलीका लागि आसन छैन । महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् ।  
Read More
झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमतीको देब्रे हात काटिएको छ । भदौ २४ गते भएको जेन-जी आन्दोलनमा आन्दोलनकारीले घरमा आगो लगाएपछि गम्भिर घाइते भएकी नेता खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको हो । त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले बताएका छन् ।  
Read More
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
Read More
‘जेनजी’ प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

‘जेनजी’ प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सक्नुभएन । बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो । पढाइमा पटक्कै मन गएन । समस्या जटिल बन्दै गएपछि परिवारले उहाँलाई लगनखेलस्थित मानसिक अस्पताल पु¥यायो । चिकित्सकले उहाँलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन् । अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा उत्रिनुभएको थियो । गोली चल्न थालेपछि उहाँ घर फर्किनुभयो, तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर त्यही विषय हेर्दाहेर्दै उहाँमा तनावको मात्रा बढ्यो । सामान्य कुरा गर्न नसक्ने, हिँड्दा गन्तव्य थाहा नपाउने, खानपान र दिनचर्या अस्तव्यस्त हुन थालेपछि उहाँ पनि चिकित्सकको सम्पर्कमा पुग्नुभयो । त्यसैगरी एक किशोर आफ्नै सहपाठीको…
Read More
९८औँ अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

९८औँ अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ । छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ ।” चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला…
Read More
कास्की कारागारबाट भागेका कैदीबन्दी मध्ये तीन सय ४८ जना फर्किए

कास्की कारागारबाट भागेका कैदीबन्दी मध्ये तीन सय ४८ जना फर्किए

‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन् । चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ । कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताउनुभयो । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको उहाँको भनाइ छ । प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी…
Read More
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयोगद्वारा प्रतिवेदन पेश

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयोगद्वारा प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गर्नुभएको हो । रासस
Read More