अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान
जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो । किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन नगदसहित प्रोत्साहन गर्ने नीति लिइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । चालु आर्थिक वर्षका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको उक्त कार्यक्रममार्फत भेडाबाख्रा र गाईभैँसीपालक किसानले सुविधा पाउनेछन् । भेँडाबाख्राको हकमा कम्तीमा १५ वटा माउ, गाईभैँसीको हकमा कम्तीमा तीन वटा र वार्षिक एक हजार लिटर दूध बिक्री गर्नुपर्ने मापदण्ड रहेको उहाँले जानकारी दिनुभयो ।…