टी-२० विश्वकप छनोटः आज कुवेतसँग भिड्दै नेपाल
टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाल राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ। नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ। यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ…