चितवन मेडिकल कलेजमा मानसिक रोगको उपचार प्रभावकारी
भरतपुर । नेपालमा बर्षेनि सरदर सात हजारले आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । चितवन मेडिकल कलेज भरतपुरले विश्व आत्महत्या रोगथाम दिवसको दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा बर्षेनि सात हजारले आत्महत्या गर्ने गरेको र त्यसको कारण मानसिक रोग भएको जनाएको छ । अस्पतालले प्रहरीलाई उदृत गर्दै आत्महत्या गर्नेमा ९० प्रतिशत मानसिक रोगी र १० प्रतिशत मात्र अन्य कारण रहेको जानकारी दिएको हो । पछिल्लो १० बर्षमा नेपालमा मानसिक रोगका कारण आत्महत्या गर्ने क्रम बढेको छ । विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्ने देशको सूचीमा नेपाल दशौं भित्र पर्छ । नेपालमा धेरैजसो लागू औषधको कुलतले मानिस मानसिक रोगको शिकार…