पक्की घरमा ढुक्कसँग बस्न पाउँदा विपन्न परिवार खुसी
राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजाले पक्की घर पाएपछि यतिबेला खुसीले गद्गद छन् । वर्षौंदेखि फुसको छाप्रामा छ जना परिवारका सदस्यसहित बस्दै आएका उनी अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी भएका हुन् । “मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै बस्दै आएको थिएँ”, उनले भने, “तर एकीकृत बस्ती तथा आवास कार्यक्रमअन्तर्गत पक्की घर सरकारले बनाइदिएपछि अब घरको समस्याबाट मुक्त भइयो, अब त केबल कमाएर परिवारमात्र पाल्नु छ ।” आर्थिक विपन्नता र गरिबीको मार खेप्दै आएका आफू यो जुनीमा पक्की घरमा सुत्न पाउँछु भने कल्पना नै गरेको…