चितवनको रत्ननगर निवासी प्रा.डा.विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने ।
चितवन, जेठ ६– चितवनको रत्ननगर निवासी प्रा.डा.विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेसंगै पौडेल गभर्नर बन्ने पक्का भएको हो । सरकारले आजै मन्त्रीपरिषद् बैठक बोलाएको छ । त्यसअघि अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक समेत बोलाएका छन् । सिफारिस समितिले पौडेलको नाम सरकारलाई सिफारिस गर्ने र आजै मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने संभावना रहेको स्रोतले जनाएको छ । पौडेललाई नेपाली कांग्रेसले गभर्नरमा सिफारिस गर्ने तयारी गरेपछि पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थिए । अर्थशास्त्री पौडेल राष्ट्रिय योजना आयोगका…