नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेकोले कार्की आफ्नै निजी निवासमा बसिरहेकी छिन् ।  
Read More
चितवनमा भोलिदेखि विद्यालय खुल्ने, सार्वजनिक यातायात सञ्चालन हुने

चितवनमा भोलिदेखि विद्यालय खुल्ने, सार्वजनिक यातायात सञ्चालन हुने

चितवनमा आइतबारदेखि विद्यालय खुल्ने भएका छन भने सार्वजनिक यातायात नियमित सञ्चालनमा आउने भएका छन । जिल्लाको अवस्था सामान्य हुँदै गएका कारण आइतबारदेखि जिल्लाका सबै विद्यालय र लामो तथा छोटो दुरीका सबै प्रकारका यातायात सञ्चालन हुने भएका हुन । शनिबार सम्पन्न कार्यालय प्रमुखहरूको बैठकले जिल्लालाई पुर्ववत अवस्थामा फर्काउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले सुरक्षाका दृटिकोणले तयार भएपछि विद्यालय र यातायात सञ्चालनका लागि अनुरोध गरिएको बताउनुभयो । जेनजीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा दोस्रो दिन भदौ २४ मा आगजनी,तोडफोड र लुटपाटसमेत भएका कारण जिल्लाभर रातमा कफ्र्यु र दिनभर निषेधाज्ञा लाग्दै आएको थियो । जुन आज बिहानसम्म…
Read More
कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फिर्ता हुन र अन्य व्यक्तिलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म पनि कारागारबाट भागेका कैदीबन्दीहरूर बाल सुधारगृहबाट भागेका व्यक्तिहरू सम्बन्धित कारागार र सुधारगृहमा फर्कन आग्रह गरिएको छ । “फरार भएकाहरूको खोजी कार्यलाई तीव्रता दिँदै शान्तिसुरक्षा कायम गर्न र कारागार एवम् बालसुधार गृहबाट निस्किएका कैदीबन्दी आफ्नो टोल छिमेकमा रहेको जानकारी भएमा तत्कालै नजिकको प्रहरी प्रशासनमा खबर गरी सहयोग गरिदिनुहुन आयोग सबैमा अपिल गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका प्रहरीका हतियार फिर्ता गर्न तथा यस्ता…
Read More
रास्वपा र राप्रपालाई विश्वासमा लिएर संसद् चलाउन सभामुखलाई माओवादीको केन्द्रकोआग्रह

रास्वपा र राप्रपालाई विश्वासमा लिएर संसद् चलाउन सभामुखलाई माओवादीको केन्द्रकोआग्रह

काठमाडौँ, असार ३१- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि विश्वासमा लिएर संसद् सञ्चालन गर्न सभामुखलाई आग्रह गरेको छ। मङ्गलबार (आज) बसेको प्रतिनिधि सभामा बोल्दै माओवादी सांसद राजन दाहालले सभामुख देवराज घिमिरेलाई रास्वपा र राप्रपालाई विश्वासमा लिएर संसद् सञ्चालन गर्न आग्रह गरे। ‘लामो समयदेखि रास्वपा र राप्रपाले आफ्नो अहमतिका बुँदासहित निरन्तर विरोध गरिरहनुभएको छ। यस्तै उनले पछिल्लो एक वर्षयता सरकारका हरेक निर्णय अपादर्शी रहेको दाबी गरे।
Read More
घट्यो पेट्रोलमा ५ र डिजेल/मट्टितेलमा १ रुपैयाँ

घट्यो पेट्रोलमा ५ र डिजेल/मट्टितेलमा १ रुपैयाँ

काठमाडौं, असार ३१ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो। निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको जनाएको छ। आईओसीबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएपछि सोही अनुसार समायोजन गरिएको हो।
Read More
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

चितवन, जेठ १६- भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो । करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो । यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिनुभयो । हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो सङ्ख्या २०० भन्दा बढी पुग्ने उहाँले बताउनुभयो । “असारसम्म…
Read More
माओवादी केन्द्रको निर्णयः गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने

माओवादी केन्द्रको निर्णयः गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने

काठमाडौं, जेठ १६- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिए । ‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ,’ उनले भने । माओवादी केन्द्र लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् । जेठ १५ गते भने बजेट ल्याउन सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध नगर्ने निर्णय गरेका थिए ।…
Read More
माधवपुर गोल्डकप: आज मैत्रीपूर्ण महिला फुटबल

माधवपुर गोल्डकप: आज मैत्रीपूर्ण महिला फुटबल

रत्ननगर, जेठ १६- माधवपुर खेलकुद विकास समितिको आयोजनामा भईरहेको माधवपुर गोल्डकप २०८२ अन्तर्गत आज मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा रत्न प्रिय क्लब रत्ननगर र साईमन स्पोर्ट्स कालिका भिड्दैछन्। खेल दिउँसो ४ बजे देखि माधवपुर् खेलमैदानमा हुनेछ । कुल ८ टिम सहभागी माधवपुर गोल्डकपको फाईनल खेल भोली शनिबार हुँदैछ। फाईनल खेलको पुर्वसन्ध्यामा स्थानियस्तरमा महिला फुटबललाई प्रवर्धन गर्ने उद्देश्यले मैत्रीपूर्ण महिला फुटबल आयोजना गरिएको खेल संयोजक भिम वाईवाले बताए। खेलमा सहभागी हुने दुवै टिम खेलाडी उत्पादन, प्रशिक्षण तथा खेल प्रवर्धनमा प्रयासरत टिम हुन् । आजको खेललाई चितवन प्रिन्ट हाउस रत्ननगरले प्रयोजन गरेको आर्थिक समिति संयोजक मिलन क्षेत्रीले जानकारी दिए ।…
Read More
विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण

विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण

चितवन – विद्युत व्यवसायी संघ चितवनले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै, रत्ननतर–१५ माधवपुरमा रहेको निशुल्क दिपज्योती क्रियापुत्रि भवनलाई विद्युतीय सामग्री वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष बामदेब शर्मा घिमिरेले संस्थाको सुरुवातदेखि अहिलेसम्मको यात्रा बारेमा जानकारी दिदै सामुदायिक सेवामा योगदान पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रमका बिशिष्ट अतिथि नेपाल बिद्युतिय महासंघका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाले संस्थाको क्रियाशीलता र विद्युत् व्यवसायीको योगदानको सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा बोल्दै निशुल्क दिपज्योती क्रियापुत्रि भवनका संरक्षक ठाकुर प्रसाद पन्त, वर्तमान अध्यक्ष ठाकुर…
Read More
गणतन्त्रवादी शक्तिहरू एकजुट हुनु जरुरी छः माओवादी केन्द्र

गणतन्त्रवादी शक्तिहरू एकजुट हुनु जरुरी छः माओवादी केन्द्र

काठमाडौँ, जेठ १५- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान परिवेशमा सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूका तर्फबाट बोल्दै उहाँले भन्नुभयो, “गणतन्त्र स्थापनाका लागि जसरी हामीबीच एकरुपता भएको थियो, त्यसरी गणतन्त्रको रक्षाका निम्ति गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ ।” उहाँले भ्रष्टाचारको अन्त्य गर्दै सामाजिक न्याय र समृद्धिका निम्ति अग्रसर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पाण्डेले ‘भिजिट भिसा’ प्रकरण निरुपण नहुन्जेलसम्म गृहमन्त्री रमेश लेखकको राजीनामा माग निरन्तर जारी रहने उल्लेख गर्दै बजेट र आर्थिक सर्वेक्षणका लागि मात्र संसद् बैठक सञ्चालन गर्न आफूहरु सहमत भएको बताउनुभयो…
Read More