चितवन जिल्ला लिग: एष्ट्रल युथ सोसाइटीको पहिलो जित    

चितवन जिल्ला लिग: एष्ट्रल युथ सोसाइटीको पहिलो जित    

चितवन जिल्ला लिग: एष्ट्रल युथ सोसाइटीको पहिलो जित    

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा नारायणी मोटर्स युनिक फुटबल क्लबलाई २-० ले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो । उसको जितमा लाल कुमार तमाङ र प्रताप भट्टले गोल गरे । एष्ट्रलका विशाल तमाङ म्यान अफ दि म्याच भए । यो जितपछि लिगमा एष्ट्रलले दुई खेलमा चार अंक बनाएको छ । समान खेल खेलेको युनिकको एक अंक छ । लिग अन्तर्गत आज नै हुने भनिएको यात्रा ग्रुप भरतपुर र माडी ११ बीचको खेल भने स्थगित भएको छ । उक्त खेल…
Read More
राप्तीका मेयरमाथि आक्रमणकाे प्रयास : गाडी ताेडफाेड 

राप्तीका मेयरमाथि आक्रमणकाे प्रयास : गाडी ताेडफाेड 

चितवन । चितवनकाे राप्ती नगरपालिकाका मेयर शमशेर लामा माथी आक्रमणकाे प्रयास भएकाे छ । अज्ञात समुहले आइतबार राती उहाँ सवार सरकारी गाडी ताेडफाेड गरेकाे छ । राती सवा ९ बजे नगरपालिकाकाे काम सकेर गड्याैलीबाट घर तर्फ फर्किने क्रममा वडा नं २ स्थित बुद्धशान्ति मावि नजिक मेयर लामाकाे गाडीका डुंगा प्रहार भएकाे प्रहरीले जनाएकाे छ । समुहमा आएका केहि व्यक्तिले मेयर लामाको बा २ झ ३६६६ नम्बरकाे सेतो स्कार्पियोमा आक्रमण गरेका हुन । मेयर लामाको गाडीको पछाडीको सिसा फुटेको छ । मेयर लामालाई भौतिक चोटपटक भने लागेको छैन । नगरपालिकाकाे कामकै सिलसिलामा गड्याैली पुगेर फर्किदै थिए मेयर लामाले भन्नुभयाे एक्कासी गाडीमा…
Read More
सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

काठमाडौं, २३ असार । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नेपालप्रेसलाई बताए ।
Read More
मानबसेवा आश्रमलाई आर्थिक सहयोग

मानबसेवा आश्रमलाई आर्थिक सहयोग

रत्ननगर । चितवनको नारायणगढ स्थित मानबसेवा आश्रमलाई आर्थिक सहयोग गरिएको छ । मिक्स एण्ड म्याच हङकङले ३ लाख ६० हजार रुपैया सहयोग गरेको हो । मानब सेवा आश्रममा आयोजित एक औपचारिक कार्यक्रममा खैरहनीका समाजसेवी झमकप्रसाद नहर्की, खैरहनी उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष दीपेन श्रेष्ठ, ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियार, सामाजिक अभियान्त शान्तामणि नहर्कीले मानब सेवा आश्रमकी महासचिव शुशीला केसीलाई सो रकम हस्तान्तरण गरेका थिए । मिक्स एण्ड म्याचका अध्यक्ष दिनानाथ बगाललेले हङकङबाट संस्थागत रुपमा पठाएको रकम सामाजिक अभियान्ता नहर्कीको समन्वयमा आश्रमलाई हस्तान्तरण गरिएको हो । कोही नभएका र केही नभएकाहरुलाई सडकबाट उठाएर आवासीय सुविधा सहित लालनपालन गरिरहेको आश्रमलाई मिक्स…
Read More
बाढीले बगायो नारायणी नदीको झोलुङ्गे पुल

बाढीले बगायो नारायणी नदीको झोलुङ्गे पुल

चितवन २३ असार । नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनले अनुरोध गरेका छन्। शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार…
Read More
देशभर बाढी : आठ जनाकाे मृत्यू, छ जना बेपत्ता, सात घाइते

देशभर बाढी : आठ जनाकाे मृत्यू, छ जना बेपत्ता, सात घाइते

काठमाडौं  । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्। देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए। विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो। प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका छन्। अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका छन्। अन्य विवरण…
Read More
चितवनमा बाढी : १७१ जनाकाे उद्दार, झोलुंगे पुल बगायो

चितवनमा बाढी : १७१ जनाकाे उद्दार, झोलुंगे पुल बगायो

चितवन । भरतपुर महागनरपालिकामा नारायणी नदीमा आएको बाढीको जोखिममा परेका १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयाे । भरतपुर–३ स्थितमा रहेको हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित साथ सारिएको छ । भरतपुर–३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई (३ पुरुष, १ महिला)लाई आफन्तको घर र भरतपुर–१…
Read More
चितवन जिल्ला लिग : हर्दीको पहिलो जित, बिएफसी र सौराहाको बराबरी

चितवन जिल्ला लिग : हर्दीको पहिलो जित, बिएफसी र सौराहाको बराबरी

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (शुक्रबार) दुई खेल सम्पन्न भएका छन् । लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा हर्दी युवा समाजले जित हात पारेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले एभरेष्ट क्लबलाई ३-० ले पाखा लगाएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । उनले खेलको ७ औं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । जारी लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । ह्याट्रिक गरेका सन्तोष म्यान अफ दि म्याच चुनिए । यो जित सँगै हर्दीको दुई खेलबाट ३ अंक भएको छ । एभरेष्टको समान खेलबाट एक अंक छ…
Read More
पृथ्वी माविमा बृक्षारोपण तथा सचेतनामुलक कार्यक्रम

पृथ्वी माविमा बृक्षारोपण तथा सचेतनामुलक कार्यक्रम

कालिका । पूर्वी चितवनको कालिका स्थित पृथ्वी माविमा बृक्षारोपण तथा वातारण संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । इको क्लवको आयोजनामा भएको कार्यक्रमा विद्यालय हाता भित्र धुपी, निम, माँगोस्ट्रिक, चिउरी, अम्बा, कटर आदि को बिरुवा रोपिएको विद्यालयको इको क्लबका संयोजक शिक्षिका शशीकला ढकालले जानकारी दिइन्। उक्त विद्यालयको इको क्लबले वातावरण दिवस, स्काउट दिवस, धान दिवस लगायत विभिन्न दिवसहरूको उपलक्ष्यमा समुदाय केन्द्रीत कार्यक्रमहरूगर्दै आएको उनले जानकारी दिइन् । विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राध्यापक द्वय सूर्यभक्ता अधिकारी र भवानी सिग्देलले वृक्षारोपण र वातावरण संरक्षणका बारेमा प्रकाश पारेका थिए । कक्षा ६ देखि १० सम्मका सदस्यहरु सरस्वती पल्ली, अनिषा श्रेष्ठ,…
Read More
चितवनको फिस्लिङ नजिक पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको फिस्लिङ नजिक पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिक पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो करिब १ः५० बजेको समयमा लेदोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे । पहिरो पन्छाउन करिब एक घण्टा लाग्ने बताइएको छ ।
Read More