निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम
दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम हुनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा भण्डारीले ५३ मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम हुनुभएको हो । प्रतियोगितामा दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो हुनुभयो । पन्तले ५४ मिनेट ४६ सेकेण्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गर्नुभयो । यस्तै महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम हुनुभएकी सापकोटाले ३२ मिनेट ९ सेकेण्डमा उक्त दूरी पार गर्नुभयो । यस्तै शर्मिला कटुवाल दोस्रो र राजकुमारी…