देशभर मौसम सफा रहने

देशभर मौसम सफा रहने

देशभर मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रासस
Read More
जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि जनताको विश्वास जितेर मूलधारको पार्टी बन्ने दाबी गरेका छन् । शुक्रबार बिहान चितवनको भरतपुरस्थित पार्टी कार्यालय प्राङ्गणमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले हालको ‘जेनेरेसन जेड (जेनजी) आन्दोलन’ का माग माओवादीका पुराना आदर्शसँग मेल खाने बताएका हुन् । युवाले उठाएका मागहरू हाम्रो आन्दोलनसँग गहिरो रूपमा जोडिएका छन्,उनले भने, भ्रष्टाचारविरोधी अभियान हाम्रो शुरूदेखिको मुद्दा हो । अहिले जेनजीले त्यसैको स्वर बुलन्द पारेको छ । उनले असोज २३ गते राजधानीमा भएको आन्दोलनमा भएको गम्भीर सुरक्षा लापरवाहीको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूले लिनुपर्ने बताए । शान्तिपूर्ण आन्दोलनमा कलेज ड्रेस लगाएका युवाहरूको टाउको र छातीमा गोली…
Read More
विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किएका हुन्। उनीहरु कतार एयरवेजबाट बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् । हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै आमा पद्मा जोशी र बहिनी पुष्पा साउनमा इजरायलसमेत पुगेका थिए । विपिन जोशी इजरायल पुगेका एक नेपाली विद्यार्थी थिए । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा अपहरणमा परेका थिए। हमासले २० जना जीवितलाई फिर्ता गरेपछि विपिन जीवित फर्किने आश मरेको थियो । सरकारले विपिनको शव नेपाल ल्याउने तयारी थालेपछि उनका आमा र…
Read More
बाढीले पाँच करोडको धान नष्ट

बाढीले पाँच करोडको धान नष्ट

यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिनुभयो । “बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन”, उहाँले भन्नुभयो, “पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ ।” वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ । बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको…
Read More
माडीमा प्रहरीद्धारा मर्दनियालाई कुटपिट प्रकणः संलग्न प्रहरीलाई कारवाही गरिदै

माडीमा प्रहरीद्धारा मर्दनियालाई कुटपिट प्रकणः संलग्न प्रहरीलाई कारवाही गरिदै

गत असोज २२ गते राति माडी नगरपालिका–२ का कालुराम मर्दनियालाई घरमै पुगेर प्रहरीको एउटा समूहले कुटपिट गरेपछि घटनामा संलग्नहरुलाई कारवाहीको दायरमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय भरतपुरमा बुधबार माडी नगरपालिकाका मेयर, उपमेयर, थारु कल्याणकारिणी सभाका जिल्ला तथा क्षेत्रीय सभापतिसहित स्थानीय जनप्रतिनिधि र अगुवाहरुसहितको छलफलमा घटनामा संलग्न प्रहरीहरुलाई कारवाहीको दायरमा ल्याउन लागिएको जानकारी गराईएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटना हुनु दुःखद भन्दै दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालयले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । प्रजिअ अर्यालले इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षकको सरुवा समेत भइसकेको जानकारी दिए । उनले गलत काम गर्ने कोही पनि नउम्किने भन्दै…
Read More
विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले आज जारी गर्नुभएको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । “उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ”, समवेदनमा भनिएको छ, “उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।” बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद् मृत्यु पुष्टि…
Read More
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,६ जना घाइते

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,६ जना घाइते

धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको भएको छ । बसमा ३० जना सवार थिए । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
चितवनमा उद्योगको पर्खाल भत्किदा तीन मजदुरको मृत्यु

चितवनमा उद्योगको पर्खाल भत्किदा तीन मजदुरको मृत्यु

चितवनमा एक दाना उद्योगको पर्खाल भत्किँदा च्यापिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १२ स्थित शान्तिकुञ्ज टोलमा रहेको किसान दानाको पर्खाल भत्किँदा च्यापिएर उद्योगमा काम गर्ने तीनजना मजदुरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः५० को समयमा पर्खाल भत्किएर गम्भीर घाइते भएका उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षीय शुक राम दराई, गोरखा घर भई रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने ५४ वर्षीय रेशम दमाई र रत्ननगर नगरपालिका १२ बस्ने ४५ वर्षीय कमल गुरुङ…
Read More
कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । कामपा-२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि उक्त प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको हो । उक्त प्रविधिको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यो प्रणाली जडान गरेसँगै वडाभित्रका सबै घरको विस्तृत विवरण थाहा पाउन सकिने बताउनुभयो । वडाध्यक्ष तिवारीले आज लैनचौरस्थित वडा कार्यालयमा डिजिटल नम्बर ‘०९ लक्ष द्रव्य ६१११’ कोड सहितको विवरण समावेश गरिएको सूचनापाटी (नम्बरप्लेट) जडान गर्नुभएको छ । कामपा(२६ भित्र लैनचौर, गल्कोपाखा, ठमेल, कपुरधारा, सामाखुशी, रानीबारी, नयाँबसपार्कलगायत क्षेत्रहरू पर्दछन् । महानगरले विगत…
Read More
प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । चाप बढ्दै गएपछि बिरामीलाई शय्या अभाव भएको छ । बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । उपचारका लागि आउने अधिकांश बिरामी भर्ना नै गर्नुपर्ने किसिमका रहेका उहाँको भनाइ छ । पछिल्ला केही दिनयता ‘जनरल वार्ड’का शय्या बिरामीले भरिएपछि भर्ना गरेर राख्नुपनेलाई समेत आकस्मिक उपचारका लागि छुट्याइएका शय्यामा भर्ना गरेर राखिएको छ । डा बाँस्तोलाका अनुसार दैनिक तीन सय ५० जनाभन्दा बढी बिरामीको ‘ओपिडी’ र ‘इमर्जेन्सी’ कक्षमा…
Read More