देवघाटको विद्युतिय शवदाह गृह भरतपुर महानगरको स्वामित्वमा

देवघाटको विद्युतिय शवदाह गृह भरतपुर महानगरको स्वामित्वमा

देवघाटको विद्युतिय शवदाह गृह भरतपुर महानगरको स्वामित्वमा

चितवनको देवघाटमा निर्मित विद्युतिय शवदाह गृह भरतपुर महानगरपालिलाई हस्तान्तरण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरी भरतपुर महानगरपालिकी मेयर रेनु दाहाललाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर दाहालले योजना बनाएर विद्युतिय शव दाह गृह व्यवस्थित रुपमा सञ्चालन गर्ने बताउनुभयो । भरतपुरमा सहरी विकास मन्त्रालयबाट विकास निर्माणका कामहरु धेरै भएको बताउँदै उहाँले देवघाटमा आवश्यक परेको शव दाह गृह निर्माण गरेकोमा समेत धन्यवाद  दिनुभयो । उहाँले सहरी विकास मन्त्रालयबाट भरतपुरमा ६५ किलोमिटर सडक, भरतपुरको प्रशासनिक भवन, भरतपुर अस्पतालको कुरुवा घर लगायतका विभिन्न भवन निर्माण भइरहेको समेत बताउनुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले…
Read More
प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् । कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् । ‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिए । आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्,’ लेखकले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन ।’  
Read More
जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो”, उहाँले भन्नुभयो, “मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन् ।” उहाँका…
Read More
टी-२० विश्वकप छनोटः नेपाल र जापानको खेल आज

टी-२० विश्वकप छनोटः नेपाल र जापानको खेल आज

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल र जापानबीचको खेल आज हुँदैछ। नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ बिकेटले स्तब्ध पारेपछि जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन्। लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। आफ्नो पहिलो खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो। अब आज हुने नेपाल र जापानबीचको खेल पछि समूह बीको विजेता र उपविजेताको टुङ्गो लाग्ने छ। समूह बीमा दुवै टोलीको समान २–२ अंक रहे पनि नेपाल नेट रन रेटमा अघि भएकाले शीर्ष स्थानमा छ।  
Read More
जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको होः शंकर पोखरेल

जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको होः शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एउटा पुस्ताले मात्र समाज चल्न नसक्ने बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले चार पुस्ताको संयोजनमा समाज चल्ने बताए । ‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’ पोखरेलले भने । पोखरेलले नेपालको परम्परा खल्बल्याउन पश्चिमाले पुस्ता विभाजन गरिदिएको बताए । ‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘हाम्रो परम्परा खल्बल्याएर पुस्ता विभाजन गर्ने पश्चिमा रणनीति भन्ने बुझ्नुपर्छ ।’  
Read More
दसैँपछि मुस्ताङ भन्सार सञ्चालनमा

दसैँपछि मुस्ताङ भन्सार सञ्चालनमा

गत भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दसैँ पछि आजदेखि सञ्चालनमा आएको छ । गत असोज १३ गते कर्मचारी दसैँ मनाउन घर गएपछि कार्यालय बन्द थियो । कार्यालयमा निकासी तथा पैठारीकर्ता मालवस्तु धनीका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँदा मालवस्तु जाँचपासलगायतका काम सुरु नभएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । दसैँमा बिदा हुँदा चीनबाट आयात गरिएका मालवस्तु तथा विद्युतीय कार न्हेचुङ भन्सारमा जाँचपासका लागि रोकिएका छन् । नाकाबाट मालवस्तु आयात गरी मालवाहक र विद्युतीय कारहरु जम्मा भएको सूचना प्राप्त भएको भन्सार प्रमुख खड्काले बताउनुभयो । कोरलानाकाबाट दसैँ अघिसम्म रु दुई अर्ब दुई करोड ९६ लाख…
Read More
नेताहरूलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

नेताहरूलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेताहरूलाई पक्राउ गरी लागेका आरोपमा छानविन गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणालगायतका अन्य सार्वजनिक नेतालाई तुरुन्त पक्राउ गर्न माग गरेका हुन् । उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे । दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ । विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने बताउँदै उनले छठपछि व्यवस्था परिबर्तन गर्न आन्दोलन हुने बताए । प्रसाईंले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् देशको स्वाभिमान र स्वतन्त्रता जोगाउन विदेशी एजेन्टहरू र…
Read More
गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

यहाँको धनगढीमाई नगरपालिका—९ स्थित जिरोमाइल नजिकै आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नं को यात्रुबाहक बसबाट खसेर लहान नगरपालिका—१ निवासी २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश पालका अनुसार बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका सहचालक यादवलाई तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर, मध्यान्ह १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको…
Read More
ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

२२ असोजमा गुण्डुमा बसेको एमाले जनसंगठनसम्बद्ध पदाधिकारी र कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले र्‍याली र जुलुसका लागि तयार रहन निर्देशन दिएका छन् । मुलुकको परिवर्तित अवस्थालाई मध्यनगर गर्दै सबै संगठनहरूलाई चुस्त र दुरुस्त राख्न ओलीले निर्देशन दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार बुधबार ओलीले हालको गुण्डुस्थित निवासबाट २२ वटै जनसंगठनका पदाधिकारी र उपलब्ध भएका कार्यकर्तालाई बोलाएका थिए । उनीहरूमाझ ओलीले ‘आफूले विषम परिस्थितीमा नेतृत्व छाडेर त्यसै हिँड्न नमिल्ने’ बताएका थिए । उनले पार्टीलाई अप्ठ्यारो परिस्थितिबाटै यहाँसम्म ल्याएको दृष्टान्त दिँदै जस्तोसुकै अवस्थामा पनि राष्ट्रिय शक्ति एक भएर अघि बढ्नुको विकल्प नभएको तर्क गरेका थिए । ओलीले…
Read More
दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद

दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका रु छ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । त्यस्तै साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका रु दुई करोड ३५ लाख २३ हजार पाँच सय ८२ मूल्य पर्ने सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । जबकी सशस्त्र प्रहरीले आव २०८१/८२ को…
Read More