‘म नभागेको भए के गर्नुहुन्थ्यो’ ? प्रधानमन्त्रीलाई ओलीको प्रश्न
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति आपत्ति जनाएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले यसो भनेका हुन् । साथै, उनले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्दै भनेका छन्, म ‘नभागेको भए के गर्नुहुन्थ्यो ?’ आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउनासाथ गुण्डुमा सरेको ओलीले बताएका छन् । ‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि,’ ओलीले भनेका छन्, ‘२ गते म गुण्डुमा आएँ । त्यहाँ फुत्त निस्किएँ…