निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले…
Read More
नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तारका साथै नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, पूर्वाधार तथा सूचना प्रविधिजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तारबारे गहन छलफल भएको थियो । अध्यक्ष…
Read More
घोडाघोडीमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

घोडाघोडीमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

नेपालको पहिलो चरा अभय आरण्य(वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको सङ्ख्या बढेको छ । जैविक विविधताले महत्त्वपूर्ण मानिएको घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोलीले यही पुस १९ गतेदेखि २१ गतेसम्म जलपन्छी गणना गरेको थियो । गणनाका क्रममा यस पटक घोडाघोडीको सूचक प्रजाति हरिहाँसको सङ्ख्या बढेको चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले जानकारी दिनुभयो । घोडाघोडी क्षेत्रमा जलपन्छीको गणना हिउँद र वर्षायाम गरी प्रत्येक वर्ष दुई पटक गरिँदै आइएको उहाँले बताउनुभयो । सोही कार्यक्रमअनुसार यस वर्ष पनि जलपन्छी गणना सम्पन्न गरिएको हो । “सन् २०२२ मा हरिहाँस ३९४ वटा रहेकामा सन् २०२३ मा घटेर ३१६ पुगेको थियो । सन् २०२४ मा…
Read More
सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध

सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सञ्चारकर्मीहरूसँग अनुरोध गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै सञ्चारमन्त्री खरेलले सत्यतत्थ्यभन्दा बाहिर गई गैरजिम्मेवार ढङ्गबाट आफूखुसी समाचार सम्प्रेषण हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने या नदिनेबारेमा आफूले कुनै पनि निर्णय नलिएको अवस्थामा सम्प्रेषित समाचारका विषयमा आश्चर्य प्रकट गर्दै उहाँले विश्वसनीयता कायम गर्नेतर्फ आमसञ्चारमाध्यमको अब ध्यान जान आवश्यक छ भन्नुभयो । सञ्चारमन्त्री निर्वाचनमा उठ्न लागेको भन्ने सन्दर्भमा स्पष्ट पार्दै उहाँले भन्नुभयो, “चुनावमा उठ्ने रे भन्ने कुराहरु पनि आयो, फलानो…
Read More
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् । जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार ३०२…
Read More
संस्कृति संरक्षण र प्रवर्द्धनमा गुरुङ समुदायको पहल

संस्कृति संरक्षण र प्रवर्द्धनमा गुरुङ समुदायको पहल

जिल्लाका गुरुङ समुदाय आफ्ना मौलिक संस्कार, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भएर जुटेका छन् । समयक्रमसँगै आधुनिक जीवनशैली र प्रविधिको प्रभाव बढ्दै जाँदा नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति चासो घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै गुरुङ समुदायले संस्कृति संरक्षण र प्रवर्द्धनका लागि सङ्गठित भई अभियान सञ्चालन गरेका हुन् । जिल्लास्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष देवबहादुर गुरुङले आधुनिकतासँगै प्रविधिको प्रयोग बढ्दै जाँदा गुरुङ समुदायका मौलिक संस्कार र संस्कृतिहरू लोप हुने अवस्थामा पुग्ने जोखिम रहेकाले परिषद्ले संरक्षण र प्रवर्द्धनका लागि पहल थालेको बताउनुभयो । परिषद्ले निरन्तर रूपमा तालिम, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।…
Read More
कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको आजैको बैठकले उम्मेदवार मनोनयनको निर्णयलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो । बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपाङ्गता/अल्पसङ्ख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत् तिमिल्सिनालाई (अन्य)मा उम्मेदवार कायम गरेको छ । यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गता÷अल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) र सुदूरपश्चिम…
Read More
राष्ट्रियसभा निर्वाचनः चितवनकी गीता देवकोटालाई कांग्रेसले बनायो उम्मेदवार

राष्ट्रियसभा निर्वाचनः चितवनकी गीता देवकोटालाई कांग्रेसले बनायो उम्मेदवार

आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले बागमती प्रदेश तर्फको एक सिटमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । माघ ११ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले चितवनको महासमिति सदस्य रहेकी देवकोटालाई उम्मेदवार बनाएको हो । उनी पेसाले मौरीपालक कृषक हुन् । रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी देवकोटालाई ३२ वर्षे राजनीतिक यात्रामा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन भएकी देवकोटा विगत ३२ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छिन् । देवकोटाले उम्मेदवारीलाई उनको लामो राजनीतिक सङ्घर्ष र सामाजिक योगदानको रूपमा लिएको बताइन् । कांग्रेसको वडा तहको सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा महिला संघ, नेपाल विद्यार्थी…
Read More
राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव

राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव

नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेका छन् । यसअघि नै सिफारिस भएर आएका नामउपर छलफल गरेर टिकट दिने कार्यमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल व्यस्त छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दिन लागिएको छ ।
Read More
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँच वटा भाले र तीन वटा पोथी गैँडा मरेका हुन् । एउटाको लिङ्ग पहिचान हुन नसकेको उहाँले जानकारी दिनुभयो । मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर हो भने अन्य सबै प्राकृतिक कारणले मरेका उहाँको भनाइ छ…
Read More