विश्वकप छनोटअन्तर्गत नेपालले २ खेल खेल्न बाँकी हुँदा कुन टोली विश्वकपमा पुग्ने सम्भावना कति ?
विश्वकपको एशिया तथा पूर्वी एशिया प्रशान्त छनोट प्रतियोगिताअन्तर्गत अघिल्लो दिन मात्र यूएईविरुद्ध प्राप्त १ रनको जित जति अविश्वसनीय थियो, कतारविरुद्ध प्राप्त ५ रनको जित पनि झन्डै झन्डै उस्तै प्रकृतिको रह्यो। यो जित यति महत्त्वपूर्ण बन्यो कि यसले नेपाललाई अर्को वर्ष हुने टी २० विश्वकपको निकै नजिक पुर्याएको छ। छ अङ्क जोडिसकेको नेपाल अहिले एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोटअन्तर्गत सूपर सिक्सु खेल तालिकाको दोस्रो स्थानमा छ र अब टोलीलाई विश्वकप पुग्ने सुनिश्चित गर्न अर्को एक जित आवश्यक छ। सूपर सिक्सुका छमध्ये तीन टोली विश्वकप पुग्ने छन्। गणितीय रूपमा विश्वकपका लागि कतार छनोट हुने सम्भावना सकिइसकेको छ भने जापान र…