राजधानीमा साढे आठ हजार विद्यार्थीले गरे करिअर कार्निभलको अबलोकन

राजधानीमा साढे आठ हजार विद्यार्थीले गरे करिअर कार्निभलको अबलोकन

राजधानीमा साढे आठ हजार विद्यार्थीले गरे करिअर कार्निभलको अबलोकन

जनक कार्की, काठमाडौँ । व्यवस्थापन तथा सूचना प्रविधि सम्बन्धी शैक्षिक प्रदर्शनी “करिअर कार्निभल २०२४” राजधानीमा सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारश खड्का र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईप्यान) का अध्यक्षमा लक्ष्मण केसीले रिबन काटेर करिअर कार्निभलको उद्घाटन गर्नुभएको थियो । इन्ट्रोडक्सन ट्रेड सोज नेपाल र करिअर कन्सल्ट एण्ड इन्ट्रान्स प्रिपिरेसन प्रालिको व्यवस्थापन तथा आयोजनामा राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सञ्चालित करिअर कार्निभलमा प्लस टू पछिको उच्च शिक्षाका लागि प्रतिक्षामा रहेका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्लस टू पछि स्नातक तहमा कहाँ, कुन विषय लिई पढ्ने भनेर दोधारमा परेका विद्यार्थीको अन्यौलता हटाउन करिअर…
Read More
बागमतीका वनमन्त्री कृष्ण सिलवाललाई  इच्छाकामना स्वागत तथा बधाई

बागमतीका वनमन्त्री कृष्ण सिलवाललाई इच्छाकामना स्वागत तथा बधाई

कुरिनटार । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई गृहपालिका इच्छाकामनामा भव्य स्वागत गर्दै बधाई ज्ञापन गरिएको छ । नेकपा एमाले इच्छाकामना गाउँ कमिटिको आयोजनामा शनिबार कुरिनटारमा एक कार्यक्रम गरि नवनियुक्त मन्त्री सिलवाललाई स्वागत तथा बधाई ज्ञापन गरिएको हो । इच्छाकामना गाउँपालिका मन्त्री सिलवालको गृहपालिका हो भने यो क्षेत्रबाट सांसद तथा मन्त्री बन्ने पहिलो व्यक्ति माननीय कृष्णप्रसाद सिलवाल बन्न सफल भएकोमा स्थानीयहरु खुशी देखिन्छन् । पार्टी अध्यक्ष नर बहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल रहनुभएको थियो भने विशिष्ट अतिथिको रुपमा नेकपा एमाले चितवन जिल्ला सचिव प्रकाश ढुङ्गाना, इच्छाकामना…
Read More
बागमती प्रदेशमा भदाैं ४ गते सार्वजनिक बिदा

बागमती प्रदेशमा भदाैं ४ गते सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
Read More
महोत्तरीमा कुटपिट गरी श्रीमतीको हत्या

महोत्तरीमा कुटपिट गरी श्रीमतीको हत्या

जलेश्वर । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए । स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् । श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Read More
रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

रत्ननगर । रत्ननगर नगरपालिका- २ टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा खैरहनी नगरपालिका वडा नं. १ की ४१ वर्षीया रिना धरेल रहेकाे  इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी डा. हेम केसीले जानकारी दिए । आइतवार बिहान करिब ६:४५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेकाे ना ६ ख ६६१६ नम्बरकाे ट्रकले पैदल यात्री धरेललाई ठक्कर दिँदा उनकाे बायाँ खुट्टाकाे तिघ्रामा गम्भीर चाेट लागेकाे प्रहरीले जनाएकाे छ । घाईते महिलाकाे अवस्था गम्भीर रहेकाले उनकाे भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेकाे प्रहरीले बताएकाेछ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

चितवन । भाद्र १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा लभ, रोमान्स, धोका, कमेडी र एक्सनले लाई देख्न सकिन्छ । दुई परिवारको कथालाई लिएर बनेको फिल्मले अहिलेको आधुनिक विवाहलाई पनि चित्रण गरेको देखिन्छ । एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्मका निर्देशक मिलन चाम्स हुन भने निर्माता जानुका थापाको हुन।फिल्ममा कार्यकारी निर्माताको रुपमा अमित रिजाल रहेका छन । सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ । फिल्ममा आँचल शर्मा,…
Read More
सविना लामाकाे ‘गोधुली यो साझमा’ युटुव मार्फत सार्वजनिक

सविना लामाकाे ‘गोधुली यो साझमा’ युटुव मार्फत सार्वजनिक

चितवन । चितवनकाे रत्ननगरकी उदयमान गायिका सविना लामा ‘गोधुली यो साझमा’बोल को गीत युटूब च्यानल बाट सर्वाजनिक भएको हो। लामाकाे स्वर रहेकाे उक्त गीत एएमजी अनलाइन टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे । सुरिराे स्वरकी धनी लामाले दास्राे गीत बजारमा ल्याएकी हुन । गगन प्रकाश लावती लिम्बूको शब्द संगित गीत अनलाइन ग्रुप लाइन एप्स मार्फत  विभिन्न ४८ वटा समुहहरुको माझ बिमोचन गरिएको हाे । अनुपम संगित समुहमा आवद्ध रहेकी लामा वन्यजन्तु संरक्षणकर्मी समेत हुन । फर्पिङकाे हात्तीवनमा छायाङ्कन गरिएकाे उक्त गीतकाे भिडियाेमा गायिक लामा स्वयमले अभिनय गरेकी छन् । बैदेशिक राेजगारीका करण परिवारका सदस्यहरुबाट अलग भएर बस्नु पर्ने अबस्था…
Read More
चितवनका एक चिकित्सक न्यौपाने दम्पतीद्वारा फाउन्डेसन स्थापना

चितवनका एक चिकित्सक न्यौपाने दम्पतीद्वारा फाउन्डेसन स्थापना

चितवन । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका चितवनका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले ‘डा अजय एण्ड डा सरु फाउन्डेसन’ स्थापना गरेका हुन् । फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए । वार्षिक १० लाख रुपैयाँ कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएको उनले बताए । आउँदो वर्षबाट कोषको व्याजमा अरु रकम थपगरी त्यही…
Read More
षड्यन्त्रपूर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्‍याइयो : प्रचण्ड

षड्यन्त्रपूर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्‍याइयो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले षड्यन्त्रपूर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्टबहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमूलक तरिकाले मध्यरातमा हटाइएको बताएका हुन् । उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमूलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्ति पनि जानकारी नदिई गर्ने जमर्को गरियो ।’ अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिदा विजेताका रुपमा बाहिरिएको बताउँदै अब आफूहरु जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरे पनि जनताले बुझिरहे पनि आफ्नै…
Read More
वाल्मीकि शिक्षा सदनमा लाखे नृत्य प्रदर्शन, सांस्कृतिक धरोहरको जगेर्ना

वाल्मीकि शिक्षा सदनमा लाखे नृत्य प्रदर्शन, सांस्कृतिक धरोहरको जगेर्ना

भरतपुर । चितवनको भरतपुर -४, बैदिकनगरमा अवस्थित वाल्मीकि शिक्षा सदनले गाई जात्राको अवसरमा रोमाञ्चक लाखे नृत्य कार्यक्रमको आयोजना गरेर नेपालको जीवन्त नेवारी संस्कृतिको उत्सव मनाएकोछ। सयौं विद्यार्थीहरूले उत्साहका साथ अवलोकन गरेको उक्त नृत्यले विद्यालयको पुराना परम्परालाई जगेर्ना गर्ने र सांस्कृतिक मेलमिलाप र सहिष्णुतालाई प्रवर्द्धन गरेकोछ। दुई विद्यार्थीहरु, राज श्रेष्ठ र प्रवेशजंग बस्नेतले लाखे नृत्यमा आफ्नो उत्कृष्ट प्रस्तुतिले सबैलाई मोहित पार्न सफल भएका थिए। परम्परागत लाखे पोशाकमा सजिएर उनीहरूले देखाएको नृत्यले कार्यक्रमलाई परम्परागत नृत्यको वास्तविकता प्रस्तुत गराएको थियो। सो कार्यक्रममा नेपाली संस्कृतिको मात्र नभई विद्यार्थीहरूले आफ्नो समृद्ध धरोहरको बारेमा जानकारी लिन र अनुभव गर्ने अवसर पाएका थिए। वाल्मीकि शिक्षा सदनले यस्ता…
Read More