सकियो राष्ट्रिय व्याडमिन्टन :निश्चल र प्रविनको जोडीले जित्यो उपाधि
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ३ बेल्सी कभर्डहलमा आयोजना गरिएको राष्ट्रिय स्तरको व्याडमिन्टनको उपाधि निस्चल खत्री र प्रविन लिङथेपको जोडीले जितेको छ । पूर्वी चितवन स्पोर्टस क्वल बेल्सीले आयोजना गरेको दोसो मेयर कप तथा चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुल्ला ए लेभलको उपाधि रिसोलेट र टीएसीका खत्री र लिङथेपको जोडीले जितेको हो । फाइनल खेलमा बलराम क्षेत्री र विवेक न्यौपानेको जोडीलाई पराजित गर्दै उनीहरुले उपाधि रक्षा गरेका हुन् । सो प्रतियोगितामा फाइनल खेलमा उपविजेता बनेको क्षेत्री र न्यौपानेको जोडी दोसो र सुनिल कार्की र महेश खड्का तथा राम मालाठकुरी र साजन थापाको जोडी तेस्रो भएको छ । प्रतियोगितामा…