रवि लामिछानेको बयान सुरु

रवि लामिछानेको बयान सुरु

रवि लामिछानेको बयान सुरु

पोखरा,५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले रविसँग बयान लिन थालेको हो। न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । इकुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीइआबीले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।
Read More
नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन

नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौँ, ५ कात्तिक । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक २ गतेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न समितिको गठन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । समितिको सदस्यहरुमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव…
Read More
रास्वपा कार्यकर्ताले कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक

रास्वपा कार्यकर्ताले कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक

पोखरा,५ कात्तिक ।  आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले आइतबार पोखरामा कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक रहेको खुलेको छ । कार्यकर्ताले प्रर्दशनका क्रममा उनलाई घुसपैट गरेर आएको भन्दै कुटपिट गरी रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेललाई घाइते बनाएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन्। उनको ओठमा दुइटा टाँका लगाइएको छ। ओठ सुन्निएको छ। आइतबार दिउँसो आन्दोलनमा जाँदा खाएको कुटाइले अहिले पनि शरीर दुखिरहेको पौडेल बताउँछन्। ‘मैले त आफ्नै साथीहरूबाट कुटाइ खाएँ। हिजोको आन्दोलनमा मलाई ठूलो चोट लागेको ओठमा हो। धेरै नै रगत बगेछ,’ उनले भने, ‘अन्त पनि दुखेको छ, घरमै आराम गरिरहेको छु।’ आन्दोलनमा रविका पक्षबाट…
Read More
हेटौडामा पत्रकारहरुको लागि रक्षा संवाददाता सम्बन्धी अभिमुखिकरण सुरु

हेटौडामा पत्रकारहरुको लागि रक्षा संवाददाता सम्बन्धी अभिमुखिकरण सुरु

हेटौडा । नेपाली सेनाको मध्य पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १५ ९पन्ध्र० जना सञ्चारकर्मीहरूको लागि आइतबार देखि रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । कार्यक्रम श्रीमध्य पृतना हेडक्वाटर, सुपारेटार ब्यारेक, हेटौँडामा सुरु भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै मध्य पृतनापति उपरथि प्रदीप जंग केसीले नेपाली सेनाका संविधान प्रदत्त जिम्मेवारी सम्पादनका क्रममा आम जनतालाई सुसूचित गरेर राष्ट्रिय एकताको प्रवर्धन लगायत राष्ट्रहितहरुको सम्वर्धनका क्षेत्रमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए । कार्यक्रमको औपचारिक शुभारम्भ पश्चात् जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गरेका थिए ।…
Read More
साफ महिला च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स भिड्दै

साफ महिला च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं,५ कात्तिक । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ। समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ। समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ । यही समूह अन्तरगत सोमबार दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन्।
Read More
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ५ कात्तिक । नेपालको मौसम प्रणालीमा हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान लुम्बिनी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। त्यस्तै मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। सोमबार दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित…
Read More
वडा अध्यक्षलाई कार्यवाहक दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश

वडा अध्यक्षलाई कार्यवाहक दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश

विराटनगर, ४ कात्तिक ।​ उच्च अदालत विराटनगरले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।​ न्यायाधीश ध्रुवराज नन्दको इजलासले आइतबार प्रमुख साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।​ वैदेशिक भ्रमणमा जानुअघि प्रमुख साम्पाङले वडा नम्बर ११ का अध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । वडाअध्यक्षलाई कार्यहका दिएपछि उपप्रमुख आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
Read More
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

पोखरा,४ कात्तिक । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए । जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका…
Read More
पार्टीविरुद्ध समाचार प्रसारण गर्यो भन्दै रास्वपाका कार्यकर्ताले पत्रकारमाथि गरे हातपात

पार्टीविरुद्ध समाचार प्रसारण गर्यो भन्दै रास्वपाका कार्यकर्ताले पत्रकारमाथि गरे हातपात

काठमाडौँ,४ कात्तिक । पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले गरेको हातपात र तोडफोड गरेको उल्लेख छ । निषेधाज्ञा तोड्दै निकालिएको जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा पार्टीका कार्यकर्ताले ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको जानकारी महासंघमा प्राप्त भएको’ विज्ञप्तिमा लेखिएको छ । ‘नागरिकलाई सुसूचित…
Read More
वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

काठमाडौँ,४ कात्तिक । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो । सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो । प्रवक्ता ढकालले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । आज समस्या समाधानपछि सेवा सुरु भइसकेको छ ।”सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिक रुपमा उपस्थित भइ दिएको निवेदन भने…
Read More