गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः धुर्मसको ऋण तिर्न किन तयार छैन महानगर ?
२०७५ साल माघ १६ गते राजधानीको राष्ट्रिय सभा गृहमा चितवनको रामपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको घोषणा गरिएको थियो।जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका तत्कालीन महामन्त्री शशांक कोइरालासहित उच्च पदस्थ व्यक्तिको विशेष उपस्थिति समेत थियो। जति उल्लासपूर्ण वातावरणमा घोषणा गरिए पनि सोचेजस्तो भएन। धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने भनेपनि बिचमै अलपत्र बन्न पुग्यो। धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक अभावका कारण काम गर्न नसकेपछि २०७८ पुस २ गते भरतपुर महानगरलाई स्वामित्व ग्रहण गर्न पत्र बुझायो। महानगरपालिकाले फिल्ड अध्ययन गरेपछि सोही बेला रंगशालाको आफ्नो स्वामित्वमा स्वीकार गर्यो। २०७८ माघ २० गते तत्कालिन…