बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच
काभ्रेपलाञ्चोक, कात्तिक २० – बनेपामा आजदेखि परम्परागत, ऐतिहासिक र धार्मिक महत्व बोकेको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु भएको छ।प्रत्येक १२ वर्षमा आयोजना हुने यो नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म चल्नेछ। जात्रा व्यवस्थापन समितिका अनुसार, भक्तपुरबाट देवीको प्रस्थान गराई आज अपरान्ह लायकु गणेशस्थानमा ल्याइनेछ। त्यसपछि परम्परागत नाचगुठीको नेतृत्वमा गुठीयार, ङत त्वाः समाजका सदस्य तथा स्थानीयवासीहरूको सहभागितामा नाच सुरु हुनेछ।समितिकी संयोजक भुलक्ष्मी मानन्धरका अनुसार, सांस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइने र मध्यरातसम्म परम्परागत शैलीमा विभिन्न देवी–देवताको नाच प्रदर्शन गरिनेछ।यो नाच १२ वर्षमा एकपटक काठमाडौँको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर,…