पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असूल गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ । ३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइनबाट…
Read More
चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

चुनावमा जाँदैनौँ, गृहमन्त्रीले धोका दिनुभयोः सुधन गुरुङ

हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’का माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीबार(कात्तिक २७) निर्वाचन आयोगमा सञ्चारकर्मीसँग उनले आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्र नलडेको बताए । उनले आफ्ना माग पूरा नभईकन निर्वाचनमा सहभागी नहुने उद्घोष गरे । सहिद, घाइतेका माग पूरा हुनुपर्नेमा उनले जोड दिए । “हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, सहिद भएका छन्,” उनले भने, “गृहमन्त्री ओमप्रकाश अर्यालले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको…
Read More
अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कारका चालक (बाबु) ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला (आमा) र तीन वर्षीया एक बालक (छोरा) को दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ । घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत…
Read More
नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

निर्माण सम्पन्न हुनुपर्ने समय सकिन करिब डेढ वर्ष मात्रै बाँकी रहँदा नारायणीमा नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइन स्वीकृत भएको छ । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको पुलको डिजाइन नै २९ महिनापछि सडक विभागबाट स्वीकृत भएको हो । ४८ महिना (चार वर्ष)मा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख १९ गते तुँदी कन्स्ट्रक्सनले सिग्नेचर ब्रिजको ठेक्का पाएको थियो । पहिलो १२ महिना अर्थात् १ वर्षभित्र पुलको डिजाइन तयार गरेर ३६ महिना (तीन वर्षमा) निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, झन्डै साढे दुई वर्ष (झन्डै २९ महिना)पछि पुलको डिजाइन स्वीकृत भएको हो । १ अर्ब ६८ करोडमा निर्माण सम्झौता भएको…
Read More
राना थारु ‘होमस्टे’मा आकर्षकण: वार्षिक तीन हजार पाहुनाको बास

राना थारु ‘होमस्टे’मा आकर्षकण: वार्षिक तीन हजार पाहुनाको बास

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले सञ्चालन गरेको पाहुना घर ९होमस्टे० फष्टाउँदै गएको छ । दश वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारु समुदायको आयआर्जनको माध्यम बनेको छ । यहाँबाट विश्वमै बाह्रसिङ्गेको विशाल बथानले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको पाहुनाघरमा हिउँदका बेला बासका लागि आउँदा बाह्रसिङ्गे, चित्तल, मयूर, बदेल र विभिन्न प्रजातिका चराचुरुङ्गी सहज रुपमा अवलोकन गर्न पाइने गरेको होमस्टे सञ्चालकहरुको भनाइ छ । राना थारु सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाले निकुञ्जसित जोडिएकाले बन्यजन्तु अवलोकन गर्न पाइने गरेको बताउनुभयो । “निकुञ्जले तार जाली नहालेका बेला त चित्तल, बँदेलले हाम्रो खेतबारीमा निकै नोक्सान पु¥याउथे”,…
Read More
मतदाता नामावली दर्ता गर्नेको चाप उच्च

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च

जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्न थालेको छ । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ । आयोगले तोकेको मिति नजिकिदै गर्दा यसअघि नाम दर्ता गर्न छुटेका, विदेशबाट फर्किएका र उमेरको योग्यता पुगेकाहरु नामावली दर्ताका लागि कार्यालयमा आएका छन् । गत हप्तासम्म दैनिक १० देखि १५ जनाको अनुपातमा नामावली दर्ता भएको कार्यालयमा आइतबारदेखि ५० जनाको हाराहारीमा आएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाले बताउनुभयो । “नाम दर्ता गर्ने समयसिमा नजिकिदै गर्दा सेवाग्राहीको चाप बढेकोले सर्वर नचल्दा काम गर्न…
Read More
यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान भएको छ । गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना…
Read More
विद्युत् खरिदमा ४३ करोड नोक्सान पुर्‍याएको भन्दै घिसिङलाई तत्काल बर्खास्त गर्न माग

विद्युत् खरिदमा ४३ करोड नोक्सान पुर्‍याएको भन्दै घिसिङलाई तत्काल बर्खास्त गर्न माग

जेन्जी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । मुभमेन्टले ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न भनेको छ । यस्तै, प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन शुरू गर्न जेन्जी मुभमेन्टले सरकारसँग माग गरेको छ । मन्त्री घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक सिलवालको मिलेमतोमा प्राधिकरणलाई झण्डै ४३ करोड नोक्सान पुर्‍याउने गरी भारतीय कम्पनीसँग सम्झौता गरेको सार्वजनिक भएपछि जेन्जी मुभमेन्टले कारबाहीको माग गरेको हो । मुभमेन्टले यो सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै त्यसमा संलग्नविरुद्ध कडा कारबाहीको माग गरेको छ। उक्त सम्झौता विद्युत् नियमन आयोगको…
Read More
बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

बराहक्षेत्र नगरपालिकाले गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्रभर निःशुल्क खोप अभियान सुरु गरेको छ । ‘गाईभैँसीमा खोरेत रोगविरुद्धको निःशुल्क खोप लगाऔँ, पशुजन्य उत्पादनको निर्यातमा टेवा पु¥याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराका साथ यही कात्तिक २३ गतेदेखि सुरु गरिएको अभियान आगामी मङ्सिर २३ गतेसम्म नगरका सबै वडामा सञ्चालन हुने नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उहाँले कृषि तथा पशुपालन क्षेत्र नगरको अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै खोरेत नियन्त्रण अभियानले कृषकको उत्पादन वृद्धि, पशु स्वास्थ्य सुरक्षा साथै आयआर्जनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले प्राथमिकता दिएका क्षेत्रमध्ये पशुपालन महत्वपूर्ण छ, हामी कृषकलाई आत्मनिर्भर बनाउँदै…
Read More
राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अपुग र साँघुरो कार्यालयको समस्यामा छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा कार्यालय रहेको केन्द्रलाई कार्यालय सार्न मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छभने केन्द्रमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा कामकाज नै प्रभावित भएको छ । केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण भट्टले हाल १४७ दरबन्दी रहेकामा करिब ३० प्रतिशत कर्मचारी रिक्त रहेको बताउनुभयो । कामको प्रकृतिअनुसार अधिकांश कर्मचारी केन्द्रमा आउन नचाहने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो । केन्द्रको २३औँ प्रतिवेदनमा केन्द्रमा स्वीकृत दरबन्दीमध्ये प्रहरीतर्फ २४ कर्मचारी हुनुपर्नेमा १२ जना मात्रै र निजामतीतर्फ ९६…
Read More